Like us!
Follow us!
Connect us!
Watch us!

कपडा बैंक सञ्चालन

अर्थ संसार

सोमबार, २७ साउन २०७६, ०८ : ०१ मा प्रकाशित

कपडा बैंक सञ्चालन

फाइल फोटो

अर्थ संसार, काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका कार्यालय अगाडि कपडा बैंक (दराज) को स्थापना गरिएको छ । बनेपा नगरपालिका–८ का स्थानीय बासिन्दा सर्वश्री अधिकारीको सक्रियतामा शनिबारबाट कपडा बैंक सञ्चालनमा ल्याइएको हो ।

असहाय तथा विपन्न गरीबलाई सहयोग पुर्याउने उद्देश्यले खेर गइरहेको सामान प्रयोगमा ल्याउने गरी सो कपडा बैंक स्थापना गरिएको सञ्चालक सर्वश्री अधिकारीले बताउनुभयो । “हाम्रो लक्ष्य भनेको नै दिनदुःखी र गरीबीको लागि सहयोग पुर्याउने हो ।” उहाँले भन्नुभयो, “चाहिन्छ लानुहोस्, चाहिँदैन ल्याउनुहोस् भन्ने नाराका साथ सफा, नच्यातिएको टुटफुट नभएको आफूलाई आवश्यक नभएको तर अरुलाई आवश्यक हुने सामान ल्याउनको निमित्त अनुरोध गर्न चाहन्छु ।”
 
 १०० एस ग्रुपको सदस्य र दिनानाथ दाहाल स्मृति प्रतिष्ठान काभ्रे तथा नवजीवन परोपकार समाज काठमाडौँको आजीवन सदस्यसमेत रहनुभएका उहाँले सो संस्थाको अगुवाइमा काठमाडौँको फाइल फोटोअनामनगर, जावलाखेल र सामाखुशीमा समेत कपडा बैंक सञ्चालनमा ल्याएको बताउनुभयो । पुराना कपडासँगै जुत्ता, भाँडाकुँडासमेत कहाँ राख्ने, कसलाई दिने, के गर्ने भनेर चिन्तामा हुनुहुन्छ भने ती सामान आफूहरुलाई कपडा बैंकमा ल्याएर उपलब्ध गराउन अनुरोध गर्नुभयो ।

 त्यसको लागि बनेपा नगरपालिकाले नगरपालिकाको गेट नजिकैको पश्चिमपट्टिको खाली जग्गामा नगरपालिकालाई आवश्यक पर्दा खाली गर्ने गरी अहिलेको लागि कपडा बैंक राख्न अनुमति दिएको नगरपालिकाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको