Like us!
Follow us!
Connect us!
Watch us!

शेयर भर्न छुटाउनुहोला ? मल्टिपर्पोजको हकप्रदमा आवेदन दिने म्याद थप

अर्थ संसार

सोमबार, २७ साउन २०७६, ०८ : ३१ मा प्रकाशित

शेयर भर्न छुटाउनुहोला ? मल्टिपर्पोजको हकप्रदमा आवेदन दिने म्याद थप

अर्थ संसार, काठमाडौं- मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडले असार २३ गतेदेखि १ बराबर ८ दशमलव ६५ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिन म्याद थप गरेको छ ।

सो हकप्रद शेयरमा अब भदौ ९ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

सो हकप्रद सेयरमा असार ११ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

शेयरधनीले सिभिल क्यापिटल, मल्टिपर्पोज फाइनान्सको केन्द्रीय कार्यालय, सिभिल बैंकको विराटनगर, नारायणघाट, बुटवल, पोखरा, नेपालगन्ज, धनगढी तथा वीरन्द्रनगरे शाखा कार्यालय र सि–आस्बा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको