Like us!
Follow us!
Connect us!
Watch us!

चीनको कार विक्रीदर जुलाईमा सामान्य कमी

सोमबार, २७ साउन २०७६, १८ : ५३ मा प्रकाशित

चीनको कार विक्रीदर जुलाईमा सामान्य कमी

रासस /सिन्ह्वा- चीनमा कार बिक्री दरमा गत बर्षको जुनको तुलनामा यस बर्ष ४.३ प्रतिशतले कमी आएको चिनियाँ कार निर्माण कम्पनी संघले सोमबार बताएको छ ।

“यस बर्षको जुलाईमा १० लाख ८८ हजार कार विक्री भएको र यो गत बर्षको तुलनामा ४.३ प्रतिशतले कमी हो । कार बिक्रीदर यस बर्षको जुनको तुलनामा जुलाईमा ५.३ प्रतिशत अङ्कले कमी आएकोे छ,” संघका महासचिव चेन सिहुआले बताउनुभयो ।

“सन् २०१९ को पहिलो सात महिनामा चीनमा जम्मा एक करोड ४१ लाख ३२ हजार कार विक्री भएको छ,” चेनले भन्नुभयो । यो गत बर्षको सोही समयको विक्रीको तुलनामा ११.४ प्रतिशतले कमी हो ।

चीनले जनवरीदेखि जुलाईसम्ममा एक करोड ३९ लाख ३३ हजार कारको निर्माण गरेको थियो । अघिल्लो बर्षको सोही अवधिको तुलनामा यस बर्ष कार निर्माणमा १३.५ प्रतिशतले कमी आएको छ ।

विद्युतीय उर्जाबाट चल्ने कारको विक्रीमा पनि गत बर्षको तुलनामा यस बर्षको शुरूका सात महिनामा उल्लेख्य वृद्धि भएको चेनले बताउनुभयो । विद्युतीय उर्जाबाट चल्ने सवारी साधनको यस बर्षको उत्पादनमा ४०.९ प्रतिशतले वृद्धि हुँदा चीनमा छ लाख ९९ हजार विद्युतीय सवारी उत्पादन भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको