Like us!
Follow us!
Connect us!
Watch us!

जब लगानीकर्ताले एलआइसीको अध्यक्षलाई सोधे - "आपको कुच- कुच होता हे कि नही ?" ( भिडियो )

मिलन खड्का

मंगलबार, २८ साउन २०७६, ०८ : १२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल)ले गत शुक्रबार आफ्नो  १७औँ वार्षिक साधारणसभा सम्पन्न गर्यो।   साधारण सभाले लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने पनि पारित गर्यो। 

कम्पनीको शुक्रबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले आव ०७४/७५ को वासलात र आय–व्यय विवरणलगायत प्रतिवेदन पारित गर्दै मुनाफाबाट सेयरघनीलाई ३४.४६ प्रतिशत बोनस सेयर र ३५.५४ प्रतिशत नगद लाभांश र गरी ७० प्रतिशत लाभांश पारित गरेको हो ।

आव ०७४/७५ मा कम्पनीले १ लाख ३३ हजार ३० ९ नया“ बिमालेख बिक्री गरी प्रथम बिमाशुल्क आम्दानीबापत २ अर्ब ८८ करोड ८९ लाख रुपैयाँ संकलन गरेको सभामा जानकारी दिइयो ।

असार मसान्तसम्म कम्पनीमा कुल चालू बिमालेख ७ लाख ३४ हजार ६ सय ८ र जीवन बिमा कोषमा ४२ अर्ब २३ करोड ३४ लाख रुपैयाँ रहेको कार्यक्रममा बताइयो ।

आव ०७४/७५ मा कम्पनीको कुल जीवन बिमा कोष २५.८५ प्रतिशत, प्रथम बिमाशुल्क आर्जन ९.७० प्रतिशत, लगानी २१.७६ प्रतिशत र आम्दानी ५५.६७ प्रतिशतले वृद्धि भएको सभामा जानकारी दिइयो ।

आव ०७५/७६ मा पनि कम्पनीको प्रथम बिमाशुल्क आर्जनमा ४६.३६ प्रतिशतले वृद्धि भएको कम्पनीका अध्यक्ष एमआर कुमारले जानकारी दिए । सो अवधिमा कम्पनीले कुल बिमाशुल्क १३ अर्ब ४१ करोड १७ लाख रुपैयाँ आर्जन गरेको समेत उनले जानकारी दिए ।

कम्पनीको आव ०७५/७६ को वार्षिक साधारणसभा पनि यथासक्य चाँडो सम्पन्न गरिने र लगानीकर्तालाई उच्च प्रतिफल प्रदान गर्ने अध्यक्ष कुमारको भनाइ थियो ।

हेर्नुहोस् साधारणसभाको भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको