Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको साधारणसभा : ३० प्रतिशत हकप्रद जारी गर्ने, यो वर्ष शेयरधनीको हात खाली

अर्थ संसार

बुधबार, २९ साउन २०७६, ०८ : ४५ मा प्रकाशित

शिखर इन्स्योरेन्सको साधारणसभा : ३० प्रतिशत हकप्रद जारी गर्ने, यो वर्ष शेयरधनीको हात खाली

अर्थ संसार, काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । साउन २८ गते मंगलवार १४औं वार्षिक साधारण सभामार्फत कम्पनीले हकप्रद सम्बन्धि प्रस्ताव पारित गरेको छ । उक्त सभाले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण समेत पारित गरेको छ ।

वित्तीय विवरण तयार गर्दा नेपाल लेखा प्रतिवेदन तथा बीमा समितिबाट जारी निर्देशन बमोजिम थप जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपरेकाले यस वर्ष लाभांश दिन नसकेको कम्पनीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । यसले गर्दा आम लगानीकर्ताहरुमा परेको असरलाई ध्यानमा राखी आगामी दिनमा आकर्षक लाभांश दिनेमा अध्यक्ष श्रेष्ठले विश्वास दिलाएका छन् ।

सभामा बोल्दै लगानीकर्ता कुवेर श्रेष्ठले आगामी सभामा ८० प्रतिशतभन्दा बढी लाभांशको माग गरे । उनले कम्पनीहरुले सरकारलाई कर तिरिरहँदा लगानीकर्ताबाट पुनः कर असुल्न नहुने विचार व्यक्त गरे । बीमा कम्पनीहरुले शेयरधनीहरुलाई पनि प्रोत्साहन गर्ने खालका बीमालेखहरु ल्याउनु पर्नेमा उनले जोड दिए ।

यस कम्पनीले देशभरका जनतामा बीमा सेवा पुर्‍याउने उद्देश्य सहित १०० भन्दा बढी शाखाहरु विस्तार गरिसकेको छ । कम्पनीले हुम्ला, मुगु, कालिकोट, दार्चुला, ताप्लेजुङ, डोजी जस्ता दुर्गमा जिल्लाहरुमा समेत शाखा विस्तार गरिसकेको बताएको छ । हाल कम्पनीको रू। १ अर्ब ५ करोड ७३ लाख १० हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ३० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ । हकप्रद पश्चात रू। १ अर्ब ३७ करोड ४५ लाख ३ हजार चुक्तापूँजी पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको