Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्सुरेन्सको सेयर लिलामीमा, दिने होइन त आवेदन ?

मिलन खड्का

बुधबार, २९ साउन २०७६, ११ : ४८ मा प्रकाशित

एभरेष्ट इन्सुरेन्सको सेयर लिलामीमा, दिने होइन त आवेदन ?

अर्थ संसार, काठमाडौं -एभरेष्ट इन्सुरेन्सको सेयर लिलामी बिक्री सुरु गरिएको छ । आज साउन २९ बाट  सर्वसाधारण समूहको ३ लाख ८३ हजार २०५ कित्ता र  संस्थापक समूहको १ लाख ४६ हजार संस्थापक कित्ता गरी कुल  ५ लाख २९ हजार ७८० कित्ता लिलामीमा ल्याएको हो । यही भाद्र ८ गते सम्म आवेदन दिन पाइने छ ।   
 
इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र शिलबन्दी पेश गर्नसक्ने छन । आवेदकले  न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले भाग जाने संख्यामा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन  ।  
 
लगानीकर्ताले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौं र  एभरेष्ट इन्सुरेन्सका मुख्य कार्यालय हात्तिसार, काठमाडौंबाट पनि लिलामी भर्न सकिनेछ । सिद्धार्थ बैंकको विराटनगर,  बिर्तामोड, हेटौंडा, जनकपुर, विरगञ्ज, नारायणगढ, पोखरा, बाग्लुङ्ग, घोराही, बुटवल, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर र धनगढी शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ ।

कम्पनीले यसअघि गत जेठ १४ देखि असार १६ गतेसम्म कुल ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर खुला गरेको थियो । जसमा ७६ लाख ८९ हजार ६९५ कित्ता सेयर मात्र बिक्री भएको थियो । बाँकी रहेको ५ लाख २९ हजार ७८० कित्ता सेयर लिलामीमा ल्याइएको हो । 

आज कम्पनीको सेयर ३३२ रुपैयामा कारोबार हुदै छ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको