Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंक डिबेन्चर २०८३ खुल्दै, ब्याजदर कति ?

मिलन खड्का

बुधबार, २९ साउन २०७६, १६ : ०६ मा प्रकाशित

सिद्धार्थ बैंक डिबेन्चर २०८३ खुल्दै, ब्याजदर कति ?

 अर्थ संसार, काठमाडौं -सिद्धार्थ बैंकले सर्वसाधारणका लागि ७ वर्ष अवधिको ‘१०.२५% सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले यही भाद्र ५ गते बाट २५ लाख इकाइको लागि ऋणपत्र बिक्री खुला गर्न लागेको हो । २५ लाख मध्य १० लाख इकाइ सर्वसाधारणको लागि खुलाउदै हो। बैंकले सामूहिक लागानी कोषहरुलाई कुल ५० हजार इकाई छुट्याएको छ भने  बाँकी १५ लाख इकाई भने बैंकले  अन्य संघसंस्थालाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर दिने छ । 

बैंकले प्रति इकाई १ हजार रुपैयाँको  दरले  २ अर्ब ५० करोड रुपैयाँ बारबरको ऋणपत्र बिक्री गर्न लागेको हो  । इच्छुक लगानी कर्ताले   न्यूनतम २५ इकाईदेखि अधिकत्तम १० लाख इकाईसम्मलाई  आवेदन दिन सकिने छन ।  यसको  बिक्री प्रबन्धक एनएमबि क्यापिटलले रहेको छ र यस ऋणपत्रलाई र इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने इक्रा एलए माइनस दिएको छ । 
 
यो ऋणपत्रमा छिटोमा भदौ ९ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने असोज ५ गतेसम्म खुल्ला गर्न सक्ने छ । 

सिद्धार्थ बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंबाट पनि फारम प्राप्त गरी आवेदन बुझाउन पनि सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको