Like us!
Follow us!
Connect us!
Watch us!

हात खाली भएपछि व्यवस्थापकसँग झनक्क रिसाए शिखर इन्स्योरेन्सका लगानीकर्ता (भिडियोसहित)

मिलन खड्का

बुधबार, २९ साउन २०७६, २१ : ३१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं -  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २८ गते मंगलवार १४औं वार्षिक साधारण सभा सम्पन्न गर्यो।  

साधारणसभाले लगानीकर्ताको हात भने खाली गर्यो।  वित्तीय विवरण तयार गर्दा नेपाल लेखा प्रतिवेदन तथा बीमा समितिबाट जारी निर्देशन बमोजिम थप जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपरेकाले यस वर्ष लाभांश दिन नसकेको कम्पनीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको तर्क छ।  साधारण सभाले ३० प्रतिशत हकप्रदको भने बाटो खोलेको छ। 

सभामा बोल्दै लगानीकर्ता कुवेर श्रेष्ठले आगामी सभामा ८० प्रतिशतभन्दा बढी लाभांशको माग गरे । उनले कम्पनीहरुले सरकारलाई कर तिरिरहँदा लगानीकर्ताबाट पुनः कर असुल्न नहुने विचार व्यक्त गरे । बीमा कम्पनीहरुले शेयरधनीहरुलाई पनि प्रोत्साहन गर्ने खालका बीमालेखहरु ल्याउनु पर्नेमा उनले जोड दिए ।

हेर्नुस् भिडियोमा के के भो सभामा :- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको