Like us!
Follow us!
Connect us!
Watch us!

आगलागीबाट ६५ लाखको क्षति

अर्थ संसार

शनिबार, ३२ साउन २०७६, ०८ : ३९ मा प्रकाशित

आगलागीबाट ६५ लाखको क्षति

अर्थ संसार, काठमाडौं-दाङको लमही नगरपालिका–५ स्थित  विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ ।

उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ । “मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न धौधौ भयो”, उहाँले भन्नुभयो । विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आचार्यको अनुमान छ । लमही नगरपालिकाको दमकल, पानी ट्याङ्कर, स्थानीयवासी, प्रहरीलगायतको सक्रियतामा आगो निभाइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको