Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

अर्थ संसार

आइतबार, ०१ भदौ २०७६, १९ : ०३ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

अर्थ संसार, काठमाडौं– निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिकसाधारण आइतबार  विरगञ्ज, पर्सामा सम्पन्न भएको छ ।

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष  श्रवणकुमार अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७४÷७५को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४÷७५मा१ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफलभएको व्यहोरा अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराउनुभयो ।

आ.व. २०७४÷७५ माकम्पनीले रु. १६ करोड २२ लाख १५हजार ७ सय ३४ रुपैयाँ खुद मुनाफा हासिल गर्न सफल भएको छ ।

यस भन्दा अघि कम्पनीको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद शेयर जारी पश्चातकम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख ३२हजार पुग्ने कम्पनीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको