Like us!
Follow us!
Connect us!
Watch us!

कसरी गर्यो लुम्बिनी जनरल इन्स्योरेन्सले २०% हकप्रद निकाल्ने प्रस्ताब पारित (हेर्नुस भिडियो )

मिलन खड्का

सोमबार, ०२ भदौ २०७६, १६ : २७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं- लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाव तथा प्रगति विवरण प्रस्तुत भएको छ । 

कम्पनीका अध्यक्ष मनोहर दास मूलले बिगतका वर्षहरुमा नियमित लाभांश प्रदान गर्दै आएको, बीमा समितिको निर्देशन अनुसार रु. १ अर्ब चुक्ता पूंजी पुर्याउनको यस कम्पनीलाई रु. १२ करोड आवश्यक पर्नेमा साविककै ढांचामा वित्तीय विवरण तयार गर्दा करिब रु. १४ करोड ८० लाख बोनस बितरण गर्न सकिने अबस्था रहेपनि यसपटक नयां ढांचा अनुसार अर्थात एनएफआरएस प्रणालीबाट वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस वितरण गर्न नसकिएको जानकारी गराए ।

बिमा समितिको निर्देशन अनुसार रु. १ अर्ब चुक्ता पूंजी पुर्याउनको लागि मितिः २०७६/०१/२५ को बिशेष साधारण सभाको निर्णय अनुसार २०% हकप्रद शेयर जारी गर्न लागिएको अध्यक्षज्यूले जानकारी गराए । 

संस्थापकतर्फको हकप्रद शेयरको रकम सबै संस्थापकहरुबाट अग्रिम रुपमा प्राप्त भई सकेको जानकारी पनि गराए । आ.ब. २०७४/०७५ मा अघिल्लो बर्षको तुलनामा १२% ले बृद्धि भई करिब रु. १ अरब २६ करोड बीमाशुल्क आर्जन भएको र आ.ब. २०७५/०७६ मा रु. १ अर्ब ३६ करोड बीमाशुल्क आर्जन भएको जानकारी सभामा गराइएको छ ।

हेर्नुस भिडियो 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको