Like us!
Follow us!
Connect us!
Watch us!

माछापुछ्रे बैंकको डिबेन्चरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, ०३ भदौ २०७६, ०८ : १७ मा प्रकाशित

माछापुछ्रे बैंकको डिबेन्चरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं-  माछापुछ्रे बैंक लिमिटेडले साउन ६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ‘१० दशमलव २५ प्रतिशत माछापुच्छ«े बैंक लिमिटेड डिबेन्चर २०८५’ मा आवेदन दिने आज (भदौ ३ गते) अन्तिम दिन हो ।

बैंकले  प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको छ । निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएकोमा ३० हजार कित्ता बाँडफाँड गरिएको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यस ऋणपत्रको अवधि ७ वर्ष रहेको छ ।

ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ प्रतिशत हुनेछ । ऋणपत्रमा आर्जित ब्याज रकममा आयकर ऐनअनुसार कर लाग्नेछ । आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र द्वितीय अर्धवार्षिक समाप्त भएपश्चात् भुक्तानी गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको