Like us!
Follow us!
Connect us!
Watch us!

"भूल भुलैया-२"को पोस्टर सार्वजनिक

मिलन खड्का

मंगलबार, ०३ भदौ २०७६, १३ : ५५ मा प्रकाशित

"भूल भुलैया-२"को पोस्टर सार्वजनिक

२००७ सालमा रिलिज भएको हिट चलचित्र "भुल भुलैया" को सिक्वेलको पोस्टर सार्वजनिक भएको छ ।‘भूल भुलैया-२’ मा अभिनेता कार्तिक आर्यन मुख्य भूमिकामा अनुबन्ध भएका छन ।  

पोस्टरमा कार्तिकले केशरी रंगको वस्त्र लगाएका छन् भने रातो रंगको काउचमा बसेका छन् । उनले घाँटीमा रुद्राक्षको माला पनि लगाएका छन् । दोस्रो पोस्टरमा उनलाई कंकालमा अढेस लगाएको देख्न सकिन्छ । उनको लुक्स प्रियदर्शनको निर्देशनमा बनेको फिल्म ‘भूल भुलैया’ मा अक्षय कुमारको लुक्ससँग निकै मेल खान्छ । 

फिल्मको निर्माण भूषण कुमारको टी-सीरीजले गर्दैछ ।  

5d5bac37135e1.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको