Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से लगातार उकालोमा, सोमबार १६ अंकको बृद्धि

सोमबार, १७ असोज २०७३, १६ : २१ मा प्रकाशित

नेप्से लगातार उकालोमा, सोमबार १६ अंकको बृद्धि

 

अर्थसंसार

काठमाडौं–बजारमा सेयर कारोबारको सूचक आइतबार अनौठो देखिएको छ । दशैं लागेपछि भने सेयर बजार निरंतर उकालो लाग्न थालेको छ । सामान्यतः सर्बसाधारण दशैंका लागि नगदको जोहो गर्न लाग्ने हुँदा बजार घट्ने गथ्र्यो । यस पटक भने उल्टो देखिएको छ । दुई साता लगातार घटेको बजार सोमबार पनि दोहोरो अंकमा बढेको छ । सोमबार बजार साढे १६।६२ अंकले बढेको हो । बजार आइतबार पनि साढे १० अंकले बढेको थियो । 

कारोबार रकम पनि उत्साहजनकै मान्नुपर्छ । सोमबार १३६ कम्पनीको ८ लाख ९६ हजार ४१ कित्ता सेयर किनबेच भएको छ । त्यति सेयरबाट ६९ करोड ३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ । 

 

सोमबार अन्य समुह बाहेक अन्य सबै समुहका परिसूचक हरिया भएका छन् । इन्स्योरेन्स समुह निकै चम्किएको छ । यस दिन यो समुह १ सय ३५ दशमलव ४५ अंकले बढेको छ । यस्तै होटल समुह पनि २७ अंकले बढेको छ । 

 

प्रभु, बैंक अफ काठमाण्डू लुम्बिनी, ज्योति विकास बैंक र कुमारी बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारी बढेको छ । यस दिन नेपाल बंगलादेश बैंक र शिखर इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । एनबी बैंकको १४ करोड १३ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ । यस्तै शिखर इन्स्योरेन्सको ८ करोड ४७ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको