Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकद्वारा वैदेशिक रोजगार व्यवसायीहरुको लागि बैंक ग्यारेण्टी सुविधा

अर्थ संसार

बुधबार, ०४ भदौ २०७६, ०८ : ०४ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकद्वारा वैदेशिक रोजगार व्यवसायीहरुको लागि बैंक ग्यारेण्टी सुविधा

अर्थ संसार, काठमाडौं- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वैदेशिक रोजगार व्यवसायीहरुको लागि बैंक ग्यारेण्टी सुविधा दिने भएको छ ।

मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसंग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५/११/१९ मा गरेको संशोधन बमोजिम बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।

यस अन्तर्गत बैंकले रु. १,५०,००,०००.०० (अक्षरेपी एक करोड पचास लाख मात्र) को बैंक ग्यारेण्टी तल उल्लेखित बमोजिम पांच बर्षको लागि जारी गर्नेछ ।
नगद मार्जिन = रु. २०,००,०००.०० (रु. बिस लाख मात्र)
कमिशन = रु. ४,००,०००.०० (रु. चार लाख मात्र)

साथै बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि विशेष खाता सुविधा पनि रहेको बैंकले जनाएको छ ।

यो सुविधाहरुले वैदेशिक रोजगार व्यवसायीहरुलाई काम गर्न सजिलो हुनुको साथै कामदारहरुलाई समेत थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको