Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा सामान्य अंकले सुधार

अर्थ संसार

बुधबार, ०४ भदौ २०७६, १९ : ०३ मा प्रकाशित

शेयर बजारमा सामान्य अंकले सुधार

अर्थ संसार, काठमाडौं– कहिले घट्ने तथा कहिले बढ्दै असन्तुलित अवस्थामा रहेको शेयर बजार आज भने स्थिर जस्तै देखिएको छ । शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.४२ बिन्दुले बढेर एक हजार २१४.०५ बिन्दुमा पुगेको छ । 
    
यस्तै सेन्सेटिभ परिसूचक ०.२२ बिन्दुले बढेर २६३.४१ बिन्दुमा कायम भएको छ । नेप्सेमा झिनो अङ्कले सुधार आउँदा कारोवार रकम भने औसतभन्दा कम हुन पुगेको छ । कूल १६१ कम्पनीको शेयर १२ लाख ७० हजार ११८ कित्ता शेयर रु २९ करोड २६ लाख ४१ हजार ७१८ मूल्यमा खरीद बिक्री भएका छन् । 

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आठ उपसमूहको शेयर ओरालो लागेको छ भने चार उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ०.०४, होटल १५.१८, जलविद्युत् २.३५, निर्जीवन बीमा ५.९, उत्पादन ७।४४, लघुवित्त १.२४, जीवन बीमा ६.७८ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले घटेको छ । व्यापार ७.१, विकास बैंक ०.४५, वित्त ०.१ र अन्य उपसमूह ६.९१ बिन्दुले बढेको छ । 

स्टकका अनुसार कारोवारका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो होटलको रु चार करोड २० लाख २१ हजार ६४४ मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै माछापुछ्रे बैंक रु दुई करोड ८५ लाख ८४ हजार सात, एनआइसी एशिया बैंक रु एक करोड ७२ लाख ६३ हजार ६१५, नवील बैंक रु एक करोड छ लाख सात हजार २८८, रसुवागढी जलविद्युत् कम्पनी रु ९४ लाख ४८ हजार ३१५ र कृषि विकास बैंक रु ८९ लाख ३१ हजार ८४६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार कारोवारका आधारमा आज विशाल बजार कम्पनीका शेयरधनीले बढी कमाए । सो कम्पनीका शेयरधनीले ५.७३ प्रतिशतले कमाए । यस्तै पाँचथर पावर कम्पनी ४.८१, जानकारी फाइनान्स ४.२८, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.७७ र मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ३.६४ प्रतिशतले कमाए ।

यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५.४४, नाडेप लघुवित्त वित्तीय संस्था ५।२५, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ५.१३, माउण्टेन हाइड्रो ४, अपि पावर कम्पनी ३.८१, र छ्याङ्दी हाइड्रोका शेयरधनीले ३.७९ प्रतिशतले गुमाए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको