Like us!
Follow us!
Connect us!
Watch us!

बेस्ट फाइनान्सको अवितरित हकप्रद लिलाम हुँदै

अर्थ संसार

विहीबार, ०५ भदौ २०७६, ०८ : ३३ मा प्रकाशित

बेस्ट फाइनान्सको अवितरित हकप्रद लिलाम हुँदै

अर्थ संसार, काठमाडौं- बेस्ट फाइनान्स कम्पनी लिमिटेडेले ८ लाख २ हजार २ सय २४ दशमलव ४७ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने  भएको छ ।

बिक्री गरिने कुल शेयरमध्ये ५ लाख ५७ हजार ६ सय ७४ दशमलव ५७ कित्ता संस्थापक समूहको सेयर रहेको छ भने २ लाख ४४ हजार ५ सय ४९ दशमलव ९० कित्ता सर्वसाधारण सेयर रहेको छ ।

कम्पनीले हकप्रद शेयर बिक्री खुला गरी आवेदन माग गरेको शेयरमा आवेदन नपरेको सेयर सिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो । सो शेयर खरिदका लागि भदौ ११ गतेदेखि २५ गतेसम्म सिलबन्दी बोलपत्र पेस गर्न सकिनेछ ।

सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्ने छ ।

संस्थापक शेयरका लागि बोलपत्र पेस गर्न न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ भने सर्वसाधारण सेयरका लागि न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले प्रभु क्याटिल, बेस्ट फाइनान्स र प्रभु बैंकका विभिन्न शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको