Like us!
Follow us!
Connect us!
Watch us!

मुख्यमन्त्रीद्वारा साइकल वितरण

निशा पाण्डे

विहीबार, ०५ भदौ २०७६, १३ : २० मा प्रकाशित

मुख्यमन्त्रीद्वारा साइकल वितरण

अर्थ संसार, काठमाडौं –प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरणका लागि नारी सशक्तीकरण आवश्यक रहेको बताउनु भएको छ । मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत धनुषाको बटेश्वर गाउँपालिकास्थित शिवशक्ति नमूना माविमा आज आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नारी सशक्तीकरण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेशको समृद्धिका लागि सामाजिक रुपान्तरण र सामाजिक रुपान्तरणका लागि नारी सशक्तीकरण आवश्यक रहेकाले नै प्रदेश सरकारले बेटी पढाऊ बेटी बचाऊ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बीमा, साइकल वितरण जस्ता कार्यक्रमहरु अघि सारेको छ ।” प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारी दिने ग्यारेन्टीसमेत गरेको उहाँको कथन थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य शत्रुधन महतो, समाजवादी पार्टीका नेता महाजन यादव, बटेश्वर गापाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीसहितका वक्ताहरुले कार्यक्रमको प्रशंसा गर्दै सरकारको अभियानमा हातेमालो गर्ने प्रतिबद्धता जनाउनुभयो । उक्त विद्यालयका कक्षा ८ मा अध्ययनरत ९५ जना छात्रालाई मुख्यमन्त्री राउतले साइकल हस्तान्तरण गर्नुभएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको