Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकको कर्मचारीलाई लक्षित नयाँ बचत खाता

मिलन खड्का

शुक्रबार, ०६ भदौ २०७६, ११ : ०३ मा प्रकाशित

सेञ्चुरी बैंकको कर्मचारीलाई लक्षित नयाँ  बचत खाता

अर्थ संसार, काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर रु. १,०००/- मा बचत खाता खोल्ने गरी ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ वार्षिक ६.५% का दरले त्रैमासिक रुपमा ब्याज भुत्तानी गरी शुभारम्भ गरेको छ । 

ग्राहकवर्गहरुले रु. ७,००,०००/-( flat ) बराबरको आकस्मिक दुर्घटना बीमा र रु. १,००,०००/- ( सम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा (hospitalisation) तथा लकर सुविधा, क्रेडिट र्काडको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५०% छुटको सुविधा पाउनुहुनेछ । साथै नि: शुल्क  एस.एम.एस्, मोबाइल र ई बैंकिङ्ग, ABBS सेवा, डेबिट कार्ड तथा नि: शुल्क  क्रेडिट र्काडको आबद्ध शुल्कको सुविधा छ । सरल कर्जा प्रवाहा बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न पनि सकिने छ ।  

अन्य जानकारीका लागी बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको