Like us!
Follow us!
Connect us!
Watch us!

रिचार्जरको एपको नयाँ भर्सन अपडेट रिलीज, अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मिलन खड्का

शुक्रबार, ०६ भदौ २०७६, १५ : ०५ मा प्रकाशित

रिचार्जरको एपको नयाँ भर्सन अपडेट रिलीज, अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ । यसै उपलक्ष्यमा रिचार्जर एप डाउनलोड गरी खाता खोल्नेहरु मध्येबाट एक जनालाई सामसुङको ए ट्वान्टी मोबाइल बितरण गर्ने भएको छ । यही भदौ २५ गते १६ः३० बजे रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरी मोबाइल विजेता घोषणा गर्ने रिचार्जरले जनाएको छ । 

नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दै रिचार्जरले घरघरमै ग्याजेट्स मेला सञ्चालन गर्ने भएको छ । ‘बिजी लाईफ, इजी सोलुसन’ भन्ने नाराका साथ सेवा दिइरहेको रिचार्जरले यहि भदौ ११ गतेदेखि २ सातासम्म ग्याजेट्स मेला संचालन गर्न लागेको हो । ‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजना सहित रिचार्जरले मेला सञ्चालन गर्न लागेको हो । विभिन्न बैंक तथा ब्राण्डसँगको सहकार्यमा रिचार्जरले ग्याजेट्स मेला सञ्चालन गर्न लागेको हो ।

डिजिटल सपिङ हबमा आफुलाई अब्बल बनाउँदै गएको रिचार्जरले नेपालमै पहिलो पटक मोटर साइकल, गाडी समेत बुकिङ गरी किस्ताबन्दीमा किन्न सकिने व्यवस्था मिलाएको छ ।  

अनलाइन मेलामा सस्तो मुल्यामा  मोबाईल तथा ईलेक्ट्रोनिक्स ग्याजेटहरु शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिने रिचार्जरले जनाएको छ । भदौ ११ गतेबाट हुने ग्याजेट मेलामा अफर भित्र अफर अन्तरगत सेवाग्राहीले सरप्राईज गिफ्टह्याम्पर पाउने छन् । अफर भित्र अफर सहित ६० प्रतिशतसम्मको छुटका साथै क्यास प्वाइन्ट रिडीम गरी मेलामा सुलभ मुल्यमा सामान किन्न सकिन्छ ।

मेलामा मोबाइल, ल्यापटप, क्यामेरा, टेलिभिजन, एयर कण्डिसनर, रेफ्रिजिरेटर लगायतका उपकरणहरु शुन्य प्रतिशत व्याजदरमा घरमा बसेर अर्डर गर्न सकिने छ । यसका साथै बुबाको मुख हेर्ने दिनलाई लक्षित गर्दै रिचार्जरले उपहारको सामान संगै केक तथा फुलको गुच्छासहितको गिफ्ट प्याकेज उपत्यका भित्र १ घण्टामा घरमै डेलिभरी दिने व्यवस्था मिलाएको छ ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्काल १०० क्यास प्वाइन्ट पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो, त्यति नै त्यति नै क्यास प्वाइन्ट पाइन्छ । विभिन्न किसिमका सेवाहरुको बिल भुक्तान गर्द पनि २० प्रतिशतसम्मको क्यास प्वाइन्ट पाइन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा रिडीम गरी प्रयोग गर्न सकिन्छ । केही समय पछि यस्तो क्यास प्वाइन्टबाट मात्र पनि सामान खरिद गर्न सकिने व्यवस्था मिलाउन लागिएको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । 

रिचार्जर एपबाट सामान खरिद, मोबाइल रिचार्ज, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा दर्जन बढी बैंकको इ बैंकिंगका साथै विभिन्न पेमेण्ट गेटवे र मास्टर तथा भिसा डेविट र क्रेडिट कार्डबाट पैसा तिर्न सकिन्छ । नयाँ पुस्ताको जीबन शैली सरल बनाउने लक्ष्यको साथ सेवा तथा सपिंगको नयाँ गन्तब्यको रुपमा रिचार्जरले सेवा बिस्तार गर्दै गईरहेको छ । 

नेपालमा चलन चल्तीमा रहेका १ हजार बढी ब्राण्डसंग सहकार्य गर्दै आएको रिचार्जरले अन्य अनलाइन सपिङको तुलनामा सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको