Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली बजारमा टाटा एच फाइभको बुकिङ्ग खुल्ला

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०७६, १७ : ११ मा प्रकाशित

नेपाली बजारमा टाटा एच फाइभको बुकिङ्ग खुल्ला

अर्थ संसार, काठमाण्डौं– टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एचफाइभको नेपाली बजारमा बुकिङ्ग बिहीबारदेखि खुल्ला गरेको छ।

नेपालकालागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. का अनुसार यही भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्ड पस्थित प्रदर्शनीस्थलमा आयोजनाहुने १४औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ।

भारतमा टाटाह्यारियर पनि भनेर चिनिने टाटा एच फाइभबुकिङ गर्नका लागि २५ हजार रुपैयाँ जम्मा गराउनुपर्ने हुनेछ । साथै सिप्रदीले ग्राहकहरूलाई टाटा एचफाइभ मन परेन भने १२० प्रतिशत बुकिङ्ग रिफन्डगर्ने जनाएको छ ।

क्रियोटेक २.०लिटर टर्बाे डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ। एचफाइभमा रहेको इन्जिनले १३८ बिएचपावर र ३५० एनएम टर्क जेनेरेट गर्छ। टाटा एच फाइभ ल्यान्डरोवरको ओमे गाडि एटप्लेटफर्ममा निर्माण गरिएको गाडी हो। आकर्षक रहेको टाटा एचफाइभमा पुशबटन स्टार्ट–स्टप, सेमी (डिजिटल इन्स्टु्रूमेन्टकन्सोल, मल्टी फङ्गसनल स्टेरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको