Like us!
Follow us!
Connect us!
Watch us!

अमेजनमा आगो : आगनमै असर !

मंगलबार, १० भदौ २०७६, १२ : ५६ मा प्रकाशित

अमेजनमा आगो : आगनमै असर !

गोपाल न्यौपाने (लेखक वातावरण सम्बन्धि अध्येता हुन)

अमेजन रेन-फरेष्ट  दक्षिण अमेरिकाको अम्रजम नदीको प्रमुख स्रोतको रुपमा रहेको जंगल मानिन्छ।  ५५ लाख वर्ग कि मि मा फैलिएको यो जंगलले ब्राजिलको सबैभन्दा बढी भूभाग ओगटेको छ।  

पुष्टिगत तथ्यलाई हेर्ने हो भने अमेजन जंगलबाट विश्वको २० प्रतिशत अक्सिजन प्राप्त हुने गरेको छ।  यसकारण पनि यो जंगल  हाम्रो मानव जिवन तथा सिंगो पृथ्वी  को अस्थिवको लागि अत्यन्तै महत्त्वपूर्ण  मानिएको छ। 

 यो जंगलमा ३ हजार किसिमका फलफुल समेत पाइन्छ। जसमध्ये बाहिरि दुनियाले दुइ सय प्रकारका मात्र उपयोगमा ल्याएको छ।  यहि जंगलमा ७५० भन्दा फरक किसिमका रुख र बोट विरुवा पाइन्छ।  भने विश्वका तमाम रोगको उपचार गर्न सक्ने वनस्पति अमेजनामा पाइने बैज्ञानिकको दावी छ।  

हाम्रो दुर्भाग्य भन्ने कि पृथ्वीको दुर्भाग्य जुन जंगलले हामीलाई अर्थात हाम्रो पारिस्थितिक पद्दति (Eco System) लाइ सरल तरिकाले चल्ने प्रक्रियामा सहयोग पुर्याएको छ।  त्यस ठाउमा अहिले दुइ हप्ता भन्दा बढी देखि आगो लागिरहेको छ।   दक्षिण अमेरिकी देश ब्राजिलमा रहेको अमेजन जंगलामा भिषण आगलागी भइरहेको छ।  जुन यो पृथ्वीको सबैभन्दा ठुलो Rain Forest हो।  यो भन्दा पहिला धेरै पटक आगो लागेपनि अहिले लागिरहेको आगो पहिलेको भन्दा ठुलो र खतरापूर्ण देखिएको छ।  यसले पृथ्वी को पुरा ECO SYSTEM लाइ प्रभाव पार्ने तथ्य आएको छ।  यस्तो गम्भीर कुरालाई पनि कुनै पनि वातावरण सम्बन्धि अन्तराष्ट्रिय संघ सस्था तथा मिडियाले कुनै चासोको विषय बनाएका छैनन।

यस पृथ्वीमा रहेका देशहरुको सिमाना छुट्टाए पनि प्रकृतिले सबै भूगोललाई समान व्याबहार गर्छ।

हामि  कति सम्म निर्दयी जुन हाम्रो कलेजोको रुपमा रहेको छ ( AMAZON RAIN FOREST  )जुन जङ्गलमा पृथ्वीको ३० % भन्दा बढी species हरु पाइन्छ त्यहा रहेका धेरै दुर्लभ जनावरहरु कति रोहिरहेका छ्न , यसमा हाम्रो हात छ । भनिन्छ नि ! हुने हार दैव नटार भने जस्तो आगो त लाग्यो अब रोक्नलाइ हामी सबै राष्ट्रका मानिस एक भइ पहल गर्नु आबस्यक छ। तथा आगामी दिनहरुमा यस्तो परिस्थिति  नआउने वातावरण सृजना सम्पुर्ण विश्व समुदाय एक जुट हुनु जरुरी छ। पृथ्वीको प्राकृतिक पन खुम्चिदै छ। शक्तिशाली राष्ट्रहरुको आणविक दौड  र होडबाजी ले प्रकृतिलाइ गम्भीर प्रभाव पार्दै गइरहेको छ।हामिले प्रकृतिको महत्त्वलाई बिर्शिदै छौ।अहिले भइरहेको Global Warming र जलवायु परिबर्तन पनि   यसकै उपज हो।यस्तो विषयमा आम चिन्ता र तदारुकता हुनु आबस्यक छ । अत: प्रकृति संरक्षणमा काम गर्ने अन्तर्राष्ट्रिय संघ सस्थाहरु तथा सम्बद्ध शक्ति राष्ट्र अमेजन जङ्गलमा भइरहेको आगलागी बारे गम्भीर ढंगले लाग्नु आबस्यक छ। नितिगत प्रतिबद्धताहरु कागजमा मात्र सिमित नहौन। 

जय प्रकृति !

                               

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको