Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदयको लाभांश ४६ प्रतिशत लाभांश दिने

अर्थ संसार

बुधबार, ११ भदौ २०७६, ०७ : ५१ मा प्रकाशित

सूर्योदयको लाभांश ४६ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं- सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले ४६ दशमलव ८१८७४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

भदौ ७ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट कुल चुक्ता पुँजीको ४४ दशमलव ४७७८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि २ दशमलव ३४०९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १० करोड ७९ लाख १९ हजार रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको