Like us!
Follow us!
Connect us!
Watch us!

भदौ १३ र १४ गते ‘फस्ट अल नेपाल ओपेन फूल कन्ट्याक्ट कराँते टुर्नामेन्ट–२०१९’ हुने

अर्थ संसार

बुधबार, ११ भदौ २०७६, २१ : ०५ मा प्रकाशित

भदौ १३ र १४ गते ‘फस्ट अल नेपाल ओपेन फूल कन्ट्याक्ट कराँते टुर्नामेन्ट–२०१९’ हुने

अर्थ संसार,काठमाडौं- नेपाल क्योकुशिन–कान कराँते संघले यही भदौ १३ र १४ गते पोखरा रंगशालाको कभर्ड हलमा ‘फस्ट अल नेपाल ओपेन फूल कन्ट्याक्ट कराँते टुर्नामेन्ट–२०१९’ गर्ने भएको छ । संघले उक्त प्रतियोगिता सञ्चालन गर्न पाउनु आफ्नो लागि खुशी र गौरवको कुरा भएको बताएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले उक्त प्रतियोगिताको बारेमा जानकारी गराएको हो । संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हाम्रो संघको आयोजनामा विभिन्न १७ वटा फुल कन्ट्याक्ट कराँते संघहरु तथा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि तीन वटै विभागीय टिमसहित कुल १० टिमले सहभागिता जनाउने यस प्रतियोगितामा महिला र पुरुष गरि जम्मा १४ तौल समूहमा विभाजन गरिएको छ ।’

संघका महासचिव तथा ब्रान्च चिफ राजेन्द्र सुवेदीका अनुसार हरेक टिमले एउटा तौल समूहमा एक जना मात्रै खेलाडी प्रतिष्पर्धामा सहभागी गराउनेछन् भने कुल २७६ जना प्रतिष्पर्धी खेलाडीहरुले भाग लिनेछन् । त्यसैगरी, विभिन्न २६ संघका ३६ रेफ्रीले आफ्नो निर्णायक भूमिका निर्वाह गर्नेपनि उनले जानकारी दिए ।

संघका अनुसार उक्त प्रतियोगिता नेपाली कराँते जगतकै सबैभन्दा ठूलो प्रतियोगिता हुनेछ । विभिन्न फुल कन्ट्याक्ट संघहरु र विभागीय टिमलाई एकै ठाउँमा ल्याएर प्रतियोगिता सञ्चालन गर्नु आफैंमा चूनौतिको विषय भएपनि सबै १७ संघका नेपाल प्रमुखहरुबीच सम्झौता भई यस्तो महान प्रतियोगिता आयोजना गरिनु नेपाली खेलकुद क्षेत्रको लागि नै सद्भाव र सहकार्यको उत्कृष्ट उदाहरण हुनेपनि संघको विश्वास छ । 

विज्ञप्तीमा थप भनिएको छ,‘यस प्रतियोगिताले नेपालको राष्ट्रिय खेलाडी उत्पादन गर्ने अभियानमा थप उर्जा मिल्ने कुरामा हामी विश्वस्त छौं । आगामी वर्षहरुमा पनि यसैगरि फुल कन्ट्याक्ट प्रतियोगिता सञ्चालन हुने कुरामा कुनै दुई मत छैन भन्ने कुरा हामी निर्धक्कको साथ भन्न सक्छौं । किनकी यो मलेमिलाप गहिरो अध्ययन पछि निस्किएको निचोड हो ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको