अर्थ संसार, काठमाडौं– रेन्बो चिल्ड्रेन होम नेपालले राष्ट्रिय समाचार समिति ९रासस० का पत्रकार हरि बाँस्तोलालाई सम्मान गरेको छ । उक्त संस्थाको ११औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको अवसरमा बालबालिकाको संवद्र्धन र विकासमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याएकामा उहाँसहित गोरखापत्र दैनिकका तारा चापागार्इं र गोर्खाली रेडियोका खिमा गुरुङलाई गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सम्मान गर्नुभएको थियो ।
यसैगरी एसइई परीक्षामा उच्च अङ्क ल्याउने बालबालिकाका साथै उत्कृष्ट कार्य गर्ने उक्त संस्थाका कर्मचारी सम्मानित भएका थिए । उपसभामुख शर्माले बालबालिकाको हक, अधिकार र रक्षाका लागि बालमैत्री कानून निर्माण गर्ने प्रतिबद्धता व्यक्त जनाउनुभयो ।
उहाँले यस संस्थाले सहाराविहीन बालबालिकालाई आवासीयरूपमा शिक्षा–दिक्षाको व्यवस्था गरेर प्रशंसनीय कार्य गरेको बताउनुभयो । हाल ३५ बालबालिकालाई आवासीय सुविधासहित अध्यापन गराउँदै आएको उक्त संस्थाले विभिन्न स्थानका ४१ बालबालिकालाई शैक्षिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस