Like us!
Follow us!
Connect us!
Watch us!

टाटा मोटर्सको प्रिमियम एसयूभी टाटा एचफाइभ पहिलो पटक नेपाली बजारमा (भिडियो)

मिलन खड्का

शनिबार, १४ भदौ २०७६, २० : २३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एचफाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरिएको छ । सिप्रदीले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो शो २०१९ मा टाटा एचफाइभ सार्वजनिक गरेको हो।

भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरुवाती मूल्य ५६,५५०००/– (छपन्न लाख पच्पन्न हजार रुपैंया) तोकिएको छ ।

नेपाली बजारमा भने  टाटा एचफाइभको बुकिङ्ग केही दिनअघि खुला गरिएको हो । 

क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एचफाइभ भारतीय बजारमा निकै चर्चित छ। एचफाइभमा रहेको इन्जिनले १३८ बिएचपावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एचफाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममानिर्माण गरिएको गाडी हो। आकर्षक रहेको टाटा एचफाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन्।

हेर्नुहोस् भिडियो 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको