Like us!
Follow us!
Connect us!
Watch us!

तल्लो मोदीखोलाको सुरुङ निर्माण सुचारु

सोमबार, १७ असोज २०७३, १६ : ३९ मा प्रकाशित

तल्लो मोदीखोलाको सुरुङ निर्माण सुचारु


अर्थ संसार
काठमाडौं — केहि समय अगाडि बन्द भएको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुचारु भएको छ । कर्मचारी र मजदुरको आन्दोलनका कारण रोकिएको आयोजनाको सुरुङ निर्माणको ठेकेदार कम्पनी, मजदुर र कर्मचारीबीच सहमति भएपछि सोमबारदेखि निर्माण सुचारु भएको हो ।

उक्त आयोजनामा कार्यरत मजदुर र कर्मचारीले तलव सुविधा बृद्धिको माग गर्दै आन्दोलन गरेका थिए । निर्माण गर्ने कम्पनी साउथ एसियन इन्फ्रास्टक्चरले मजदुर र कर्मचारीको तलब १० प्रतिशत वृद्धि गर्ने सहमति गरेपछि निर्माण कार्य सुचारु भएको हो । कम्पनीमा २ सयभन्दा बढी मजदुर र कर्मचारी कार्यरत छन् । आयोजनाको ४ हजार २१ मिटर सुरुङमध्ये तीन हजार ५ सय ८३ मिटर सुरुङको निर्माण सकिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको