Like us!
Follow us!
Connect us!
Watch us!

किसान माइक्रो फाइनान्सले २५ प्रतिशत लाभांश दिने

अर्थ संसार

विहीबार, १९ भदौ २०७६, ०८ : १२ मा प्रकाशित

किसान माइक्रो फाइनान्सले २५ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं-किसान माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट २५ दशमलव १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

भदौ १६ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले २४ प्रतिशत बोनस सेयर र १ दशमलव १४ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी साधारणसभाबाट पारित गरी सो लाभांश वितरण गरिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ८ करोड ६० लाख रहेको छ । बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी १० करोड ६६ लाख पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको