Like us!
Follow us!
Connect us!
Watch us!

तीन दिन हल्कादेखि मध्यम वर्षा

अर्थ संसार

विहीबार, १९ भदौ २०७६, ०८ : ४९ मा प्रकाशित

तीन दिन हल्कादेखि मध्यम वर्षा

अर्थ संसार, काठमाडौं-आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा बनेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बद्लीसँगै वर्षा भइरहेको मौसमविद् मीनकुमार आर्यालले बताउनुभयो ।

 “उक्त प्रणालीको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बद्ली रही देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ”, मौसमविद् अर्यालले बताउनुभयो । मनसुनको समय भएकाले वर्षा निरन्तर नभई केही समय घाम लाग्ने केही समय वर्षा हुनेक्रम चलिरहने बताइएको छ ।

 राति देशभरि सामान्य बद्ली रही पश्चिमी र मध्यका अधिकांश र पूर्वका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 भोली देशभरि आंशिकदेखि सामान्य बद्ली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार देशभरि आंशिकदेखि सामान्य बद्ली रही पहाडी भेगका एक÷दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको