Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलङ्का सामु नेपालको १६० रनको चुनौती

dibesh

शुक्रबार, २० भदौ २०७६, १५ : ५३ मा प्रकाशित

श्रीलङ्का सामु नेपालको १६० रनको चुनौती

अर्थ संसार, काठमाडौ – श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली श्रीलङ्कालाई जीतको लािग १६० रनको चुनौती दिएको छ । 

    श्रीलङ्का कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउदै १५९ रनको योगफल बनायो । 

    वर्षा बाधक बनेपछि ५० ओभरको खेललाई छोट्याएर ४२ ओभरमा झारिएको थियो । नेपालले ब्याटिङ गरिरहँदा पानी परेपछि खेल केही समयको लागि प्रभावित बनेको थियो । 

    नेपालका लागि शुुरुआती ब्याट्सम्यान रित गौतमले अर्धशतक बनाए । उनले ८५ बल खेल्दै चार चौकाको मद्दतमा ५४ रनको योगदान दिएका हुन । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ४७, रसिद खानले १५ तथा हरि चौहानले १२ रन जोडे । आसिफ शेखले ७ रन जोड्दा अर्का शुरुआती ब्याट्सम्यान पवन शरार्फ ४ रनमा बाहिरिए ।

    श्रीलङ्काका दिलसान मधुशङ्का र नाभोद दिनुश्रीले तीन÷तीन विकेट लिए भने आशियन ड्यानियल र रोहन सञ्जय सिल्भाले एक÷एक विकेट झारे । 
–––

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको