Like us!
Follow us!
Connect us!
Watch us!

नेपालद्वारा बङ्गलादेशसामु २६२ रनको चुनौती – एशिया कप

dibesh

आइतबार, २२ भदौ २०७६, १५ : ३० मा प्रकाशित

नेपालद्वारा बङ्गलादेशसामु २६२ रनको चुनौती – एशिया कप

अर्थ संसार, काठमाडौं – श्रीलङ्कामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफनो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई जितका लागि २६२ रनको चुनौती दिएको छ । 

     कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउदै २६१ रनको योगफल बनायो । नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले ।

     पवनले १०९ बलमा एक छक्का र आठ चौकाको मद्दतमा ८१ रनको योगदान दिए । त्यस्तै सन्दीपले ३७ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै ५६ रन जोडे । त्यस्तै रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्कीले २१ तथा कप्तान रोहित पौडेलले १४ रन बनाए ।

    बङ्गलादेशका लागि तान्जिम हसन शकिब र साहिन आलमले समान २/२ विकेट लिए । नेपाललाई अघिल्लो चरण प्रवेशको लागि पनि बङ्गलादेश विरुद्धको खेलमा जित्नैपर्ने दबाब छ ।    

    यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलङ्कासँग पाँच विकेटले पराजित भएको थियो । बङ्गलादेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको