Like us!
Follow us!
Connect us!
Watch us!

सबै एजेण्डा पारितसँगै एनसीसी बैंकको साधारणसभा सम्पन्न, यो वर्षपनि राम्रै लाभांस दिने अध्यक्ष न्यौपानेको बाँचा

अर्थ संसार

सोमबार, २३ भदौ २०७६, १८ : ५९ मा प्रकाशित

सबै एजेण्डा पारितसँगै एनसीसी बैंकको साधारणसभा सम्पन्न,  यो वर्षपनि   राम्रै लाभांस दिने अध्यक्ष न्यौपानेको बाँचा

अर्थ संसार, काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २० र २१  औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संचालक समितिको अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा भएको साधारणसभाले विशेष  र साधारण प्रस्तावहरु पारित गरेको छ ।

शेयरधनीको उल्लेखनिय उपस्थिति रहेको साधारणसभाले  आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पुँजीको १५.८९ प्रतिशत  र उक्त बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.८३ प्रतिशत  नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

 तर, समितिको संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना महिला सहित ३ जना गरी जम्मा ६ जना संचालकहरुको निर्वाचन गर्ने विशेष प्रस्तावमाथि कुनै कारवाहि हुन सकेन ।

साधारणससभालाई सम्बोधन गर्दै संचालक समितिका अध्यक्ष  उपेन्द्र केशरी न्यौपानेले  यो  आर्थिक वर्षमा पनि राम्रो प्रतिफल दिने बताए । ‘हामीले छिटो नै २२ औं साधारणसभा गर्ने तयारी गरेका छौं,आर्थिक वर्ष २०७५/७६ मा हामीले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने गरी कार्य भैरहेको छ। ’ अध्यक्ष न्यौपानेले साधारणसभामा सुनाए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको