आइतबार, ०५ असोज २०७६
अझ सस्तो भयो डिजेल र पेट्रोल, कति पुग्यो भाउ ?
मङ्गलबार, २४ भदौ २०७६

अर्थ संसार, काठमाडौं-नेपाल आयल निगमले डिजेल-मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । 

आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल-मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई-दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । मूल्य घटेसँगै प्रतिलिटर डिजेल-मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । 

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved