आइतबार, ०५ असोज २०७६
आरातीमा राष्ट्रियगान : विवाद गर्नु आवश्यक छैन
बुधबार, २५ भदौ २०७६

 नेकपा नेतृत्वको सरकारमा जनताबाट निकै आशा गरिएका मन्त्री हुन सस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई मन्त्री  भएसंगै एक पछि अर्को लोकप्रीय निर्णय तथा कार्य योजनाबाट चर्चामा आएका योगेश भट्टराईले पछिल्लो समय गरेको एउटा निर्णय भने विवादित बन्न पुग्यो।

आफ्नो कार्यशैली, जीवनशैली र व्यबहारबाट जनतामा राम्रो छाप छोड्दै गईरहेका मन्त्री भट्टराईको पशुपतीको गङ्गा आरतीको सुरुवात हुनु भन्दा  अगाडी राष्ट्रिय गान बजाउने निर्णय भने विवादमा पर्न गयो । जनताको औचित्यपुर्ण अपेक्षा र जनमतको सम्मान गर्दै काम गर्ने नविनतम शैली अपनाउदै आईरहेका मन्त्रि भट्टराईको सो निर्णय पनि नागरिककै राय सुझाब र अपेक्षा अनुसारनै आएको बताउदै आएका छन्। तर व्यापक विवाद भएपछि सोमबार गंगा आरती सेवा समितिले  एक तर्फी रुपमा सो परम्पराको स्थगन गरेको छ। यद्यपी पशुपती क्षेत्र विकास कोष र मन्त्रालयबाट निर्णयमा कुनै पुनःविचार गरिएको होईन। गंगा आरती समितीबाट मन्त्रालय र कोषको निर्णय एकतर्फी रुपमा  अवज्ञा भएपछि विवाद अझै नयाँ कोणमा गएको छ। 

विभिन्न माध्यमबाट जनतालाई आफ्नो सहज पहुच उपलब्ध गराउन सफल मन्त्री भट्टराईले सम्भव भएसम्म आफ्नो मोवाईल आफै रिसिभ गर्ने गरेका छन्। यसबाट उनले जनताका वास्तविक समस्या , सल्लाहा तथा सुझावहरुलाई नजिक बाट नै पहिचान गरिरहेको अनुमान गर्न सकिन्छ ।  गत श्रावण महिनाको अन्तिम सोमबार स्वमः पशुपतीको गङ्गा आरतीमा उपस्थीत भएका भट्टराई त्यहा भएको नागरीकको उपस्थीती, उत्साह र भक्तिभावबाट प्रभावित भए।

जसकारण  सो आरतीको प्रत्यक्ष प्रसारण गर्ने देखि सो स्थानमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेर  नागरिकलाई राष्ट्रिय एकता र सद्धभावको साङकेतिक शन्देश दिने प्रयास गरे ।  आरती सुरुवात भएको १२ बर्षसम्म सम्भवत यसरी कुनै वहालवाला  मन्त्रीले सो स्थानमा गएर आरतीको प्रत्यक्ष अबलोकन गरेका थिएनन्। तर निकै सक्रिय रुपमा काम गरिरहेका मन्त्री  भट्टराईले धरै नागरीकको चासो रहेको पशुपतिको गङ्गा आरतीको अवलोकन गरे। फलस्वरुप पनि भट्टराईले पशुपती केन्द्रित धरै कार्ययोजनाहरु सार्वजनीक गरे। 

त्यसो त २०६४ सालदेखि  सुरु भएको पशुपतीको गङ्गा आरतीको आकर्षण दिनानुदिन बढ्दै गईरहेको छ । साझ परेसंगै उपत्यकाका विभिन्न स्थान लगायत छिमेकी  राष्ट्र भारत तथा  विभिन्न देशका पर्यटकहरु समेत उक्त आरती गानमा उपस्थित हुने गरेका छन्। सम्पुर्ण उमेर समुहको सहभागिता रहने आरतीगानमा अधिकाशं भने युवा पुस्ता नै हुने गरेका छन्। हाम्रो धर्म सस्कृती अनि रितिरिवाजहरुप्रति युवा पुस्ताको चासो हराउदै गईरहेको भन्ने चिन्ता सर्वत्र भईरहदा पशुपतिको गङ्गा आरतीमा हुने युवापुस्ताको सहभागिता र उत्साहाले सो चिन्तालाई केहि हदसम्म सम्बोधन गर्ने गरेको छ ।

त्यहा उपस्थीत हुने अधिकाशं युवापुस्ताले सो स्थानमा समय विताईरहदा आफ्ना व्याक्तिगत कुरा भन्दा पनि  धर्म सस्कृती , कला, परम्परा र पशुपतीनाथको महत्व अनि सो क्षेत्रकै सुधारको आबस्यकताकै बारेमा आपसमा मन्थन गरिरहेको भेटिन्छ ।  अझ पछिल्लो समय त सो ठाउमा बसेर राष्ट्रको विकास र समृद्धिकै बारेमा चिन्तन मनन गर्ने युवा जमात पनि कम छैनन् । यसरी धर्म सस्कृती , कला परम्पराको बारे  सो स्थानमा युवाहरु बिच हुने  चिन्तन मननले केहि हदसम्म भएपनि  हाम्रो धर्म सस्कृतीको पुस्ताहस्तान्तरणमा टेवा  पुग्ने सहजै अनुमान गर्न सकिन्छ । 
              
आरती अघि  राष्ट्रिय गानको औचित्य कति?

हुन त गङ्गा  आरतीको सुरुवातमा बज्ने राष्ट्रिय गानबारे सामाजिक संजालमा व्यापक टिका—टिप्पणी र आलोचना भईरहेको छ। तर पनि एक सक्रिय र अध्यानशिल युवा मन्त्रीको विवेकले लिएको निर्णयलाई विषयबस्तुको मर्र्म विश्लेषण नगरी  नजर अन्दाज गरिनु न्यायोचित  हुदैन। विषयबस्तुको गहन अध्यानबाट नै  मन्त्रीले निर्णय लिए होलान भन्ने कुरालाई हामिले मनन गर्नु जरुरी छ। 
 
अब यसको औचित्यको बारेमा केही चार्चा गरौ। पशुपतीनाथ मन्दिर नेपालीहरुको आस्थाको धरोहर हो। देवादिदेव माहादेवको स्थल पशुपतीनाथ क्षेत्रलाई सबैले पवित्र स्थलको रुपमा लिने गर्छन। त्यहा राष्ट्र शान्तिको निम्ति पुजा गरिन्छ। राष्ट्रको प्रगतीको निम्ति संकल्प गरिन्छ।  त्यसकारण पनि पशुपतिनाथ मन्दिरको पारिपट्टी हुने गङ्गा आरतीमा पवित्र भाव सहित उपस्थित हुने हजारौ नागरीकको बिचमा हाम्रो राष्ट्रिय गान बज्नु पक्कै पनि सकारात्मक पक्ष हो। भगवानको सामु हाम्रा व्याक्तिगत आस्था , अपेक्षा र प्राथानाहरु छुट्टै छन होला । तर हामिलाई हाम्रो व्याक्तिगत जिवन संग संगै हाम्रो देश पनि त्यत्तीकै महत्वपुर्ण छ।

किनकि हामि यहि देशका नागरीक हौ। नागरीकलाई सबैभन्दा ठुलो कुरा राष्ट्र हो। हाम्रा धेरै बाटाहरु यहि राष्ट्रको अबस्थाले निर्धारण गरेको छ। राष्ट्र शान्त ,बलियो र समृद्ध भयो भने मात्र नागरीकहरुले सुखको अनुभुती प्राप्त गर्न सक्दछन्। यदि राष्ट्रनै अशान्त र गरिब भयो भने  नागरीक धनी भएपनि त्यसले सुख अनुभुती प्राप्त गर्न सक्दैन ।  त्यसकारण एक नेपाली  नागरीकको हिसावमा पवित्र भुमिमा उभिएर राष्ट्रको गौरवको रुपमा रहेको राष्ट्रिय गानको साथमा राष्ट्र शान्ति र समृद्धिको निम्ति प्राथाना गरिनुलाई कसरी अन्यथा लिन सकिन्छ ? यो त अत्यन्तै शुन्दर पक्ष  हो। जहा  एक नागरीकले आफ्नो बारेमा सोच्नु पुर्व राष्ट्रलाई सम्झीएर पशुपतीनाथको अगाडी प्राथाना गर्छ । यो नयाँ अभियानको सुरुवात भएको छ ।

यसमा धेरै नकारात्मक टिका टिप्पणी गरि राख्नु पर्ने केहि देखिदैन। करौडौको आस्था र विस्वास रहेको पशुपती क्षेत्रमा पवित्र भाव सहित  उपस्थीत हजारौ नागरीकको बिचमा राष्ट्रिय धुन बज्नु र त्यहा सामुहीक रुपमा राष्ट्रको निम्ति प्राथाना गरिनुले साङकेतीक रुपमा महत्वपुर्ण अर्थ राख्दछ।

राष्ट्रिय गानलाई नेपालको संविधानको अनुसुची २ मा  निकै महत्वका साथ समेटीएको छ । राष्ट्रिय गानको मर्यादा र सम्मान कायम गर्ने शन्दर्भमा यसमा निश्चित मापदण्ड तय गरिएको छ । यसको निम्ति बनाईएको राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ को परिच्छेद — ३ मा राष्ट्रिय उत्सव , विभिन्न औपचारीक कार्यक्रम, विभागिय (फौजि) सामेली, सैन्य सम्मान, विद्यार्थी प्राथाना, खेलकुद समारोह , रेडियो र टिभी , आदिमा राष्ट्रिय गानको प्रयोग गरिने भनेर उल्लेख गरिएको छ। समग्रमा यो परिच्छेदमा राष्ट्रिय गानलाई अपमान हुने ठाउमा प्रयोग गर्न नहुने आसय प्रकट भएको छ। त्यसकारण पनि राष्ट्रिय गानको सम्मानमा उठ्ने प्रश्नहरुलाई भने नजरअन्दाज गर्न मिल्दैन । तर पशुपतीमा हुने गङ्गा आरती पनि एक किसिमको साङ्गीतीक उत्सव नै भएकोले राष्ट्रिय गानको मर्यादामा आँच आउदैन् भन्ने तथ्यलाई स्वीकार गर्नु जरुरी छ।
  

पशुपति गङ्गा आरतिमा  राष्ट्रिय गानको सम्मान होला? 

राष्ट्रिय गान प्रयोगमा आएसंगै अहिलेको मुख्य प्रश्न नै राष्ट्रिय गानको सम्मानको बारे उठिरहेको छ। जुन पशुपती क्षेत्रमा हुने गङ्खा आरतीको सवालमा उठ्नु जरुरी थिएन्। एक त पशुपतीनाथलाई हामिले राष्ट्रदेवको रुपमै पुजा गर्छौ। दोश्रो त्यहा राष्ट्र शान्तिको निम्ति संकल्प गरिन्छ । तेश्रो उक्त गंगा आरतीमा ूनेपाल राष्ट्रको जय ू भनेर सामुहिक रुपमै जयजयकार गरिन्छ। चौथो कुरा सामान्यतया मान्छे मन्दिरमा जादा सकारात्मक र पवित्र विचारको साथ जान्छन भन्ने मान्यता छ। 
त्यसकारण पनि सो स्थानको महत्व, मानीसहरुको मनोवैज्ञानीक स्थीती सबैलाई विश्लेषण गर्दा राष्ट्रिय गानको भरपुर सम्मान हुने कुरामा दुईमत छैन । पवित्र मन लिएर उपस्थित हुने हजारौ नागरीकले राष्ट्रिय गानसंगै देशको निम्ति प्राथाना गर्नु सायद यो गौरवमय क्षण नै हो। राष्ट्रिय गान कुनै दोहोरी साझ र डिस्कोमा बजाईएको होईन। अर्को कुरा नया परम्पराको थालनी भएसंगै  त्यहाँ गएर आरतीको सांगितीक समारोहमा उपस्थीत हुने नागरीकहरु राष्ट्रिय गान बज्दा उत्साहीत भएको देख्न सकिन्छ।राष्ट्रप्रती खुसीले सम्मान प्रकट गरेको देख्न सकिन्छ। त्यसकारण यस विरुद्धका तर्कहरु बस्तुनिष्ठ देखिदैनन्। 

 पशुपतीनाथ मसानघाट होईन

गंगा आरतीको सुरुवात राष्ट्रिय गानबाट भएसंगै धेरैले यसलाई मसानघाटमा राष्ट्रिय गान बजाईएको तर्क दिदै विरोध जनाईरहेका छन्। त्यसमा देशका बुद्धिजिबीको पहिचान बनाएको  समुह पनि छ। र प्रतिपक्षबाट पनि यो आवाज उठेको छ । हामिले के बुझ्नु जरुरी छ भने पशुपतीनाथ क्षेत्रलाई हामिले बुझ्ने र चिन्ने प्रारम्भीक बुझाई ूमसान घाटू भन्ने होईन । पशुपती क्षेत्रलाई आम नेपाली नागरीक तथा  सम्पुर्ण हिन्दुहरुले पवित्र देवस्थलको रुपमा बुझ्ने गर्दछन्। र यसलाई विश्व समुदायले वर्ड हेरिटेज एरियाको रुपमा बुझेको छ । त्यहा रहेको आर्यघाट त साहायक पाटो हो।  त्यसकारण गंगा आरतीमा राष्ट्रिय गान बजाइनुलाई मसान घाटमा राष्ट्रिय गान बजाईएको भनेर टिप्पणी गरिनु भद्दा एवम नकारात्मक चिन्तनको उपज हो। यसलाई सकारात्मक ढंगले लिदा के फरक पर्छ? यसलाई देवादिदेव , राष्ट्रदेव श्री माहादेवको चरणकोमलमा नागरीकहरुले भक्ति भाव सहित राष्ट्रिय गान मार्फत राष्ट्र शान्ति र कल्याणको निम्ति गरिएको प्राथानाका रुपमा किन नबुझ्ने? एउटा नागरीकको लागि देश आमा समान हो।आमा भनेको भगवान हो। 

गंगा आरती स्थल नजिकै अन्तिम संस्कार हुने हुदा त्यहा आएका मलामी तथा किरियापुत्रीहरु अगाडी राष्ट्रिय गान बज्दा त्यसको शान्दर्भीकता के हुन्छ भन्ने शन्दर्भमा उठेको छ।  यसलाई पनि अन्यथा ढंगबाट बुझीनुपर्छ जस्तो लाग्दैन। किनकि जन्म / मृत्यु मानीसका अकाट्य सत्य हुन। यहि धर्तीमा जन्मिएर यहि माटोमै आफ्नो अन्तिम सस्कार हुदा यदी संयोगबस पशुपती परिसरमा  राष्ट्रिय गानको समय परेछ भने पनि त्यो मानीस सौभाग्यवान नै मानीने छ। 

 राष्ट्रिय गानको विरोध गर्नेहरुलाई वारी शव जल्दै गर्दा पनि पारी गंगा आरतीमा उल्लासपुर्ण माहोल हुदै आएको १२ बर्ष भईसकेको सायद थाहा हुनु पर्ने हो। तर्क नै खोज्ने काम गर्ने हो भने त वारी मानीस मरेको पिडा छ पारी डमरु र तवेलामा कम्मर मर्काई मर्काई नाच्न र थपडी बजाउन मिल्छ? भन्ने पनि आउला। त्यसकारण विषबस्तुलाई अतिरन्जीत र नकारात्मक ढंगबाट विश्लेषण नगर्दा नै राम्रो हुन्छ।त्यसो त विशिष्ट व्याक्तिहरुको अन्तिम सस्कारमा पनि राष्ट्रिय गान बजाइदै आएकै हो।   पशुपतीमा जाने मानीसले सायद जिवनको बारे धेरै अनुभुती गरेकै हुन्छ।  जन्मदीनको उत्साहामा जाने मानीस र आफन्तको  मृत्युको पिडामा जाने मानीसहरु त्यहा संगै ठोक्कीएर वारपार भएका हुन्छन्। त्यहा जन्मदिनको दियो र मृत्युको दागबक्ती केही मिटर दुरीमै बलीरहेका हुन्छन्।  किनकि जिवन नै चक्र नै यस्तै छ। त्यकारण पनि त्यहा रहने किरियापुत्री लाई देशको धुन बज्दा थप पिडा र असहजदाको स्थीती आउदैन कि भन्ने तर्क पनि बलियो नै छ। किनकि त्यहा दोहरी गीत घन्काईएको होईन्। 

अर्को महत्वपुर्ण कुरा पशुपतीनाथ परिसरमा रहेको आर्यघाटबाट भईरहेको प्रदुषण र शौन्दर्यताको क्षयीकरणलाई गम्भिरतापुर्वक मनन गर्नुपर्ने आवाज पनि उत्तीकै मात्रामा रहेको छ।  मन्दिर नजिकै रहेको दाहा संस्कार स्थलबाट हुने वायु तथा जल प्रदुषण जटील बन्दै गईरहेको छ ।

यसबाट त्यहा दिनहु पुग्ने हजारौ भक्तजनहरुको स्वास्थ्यमा असर पुगिरहेको छ ।त्यसकारण पनि  नागरीकको धार्मीक आस्था र अपेक्षको जगेर्ना गर्दै मावन स्वास्थ्य र  वातावरणीय अनुकुलतालाई ध्यान दिदै शव दाहा स्थलको व्यबस्थापन गर्नु जरुरी देखिएको छ। घाट लाई मन्दिर परिसर भन्दा केही सय मिटर तल पट्टी व्याबस्थीत गरि मन्दिर वरीपरिको शौन्दर्यता र वातावरणको जगेर्ना गर्नु अहिलेको आबस्यकता हो।जसरी अहिले विद्युतीय सवदाह गृह सञ्चालनमा आएका छन्। त्यहाको भौगोलीक अबस्थिती , भक्तजनहरुको मुभमेन्ट लगायतका व्याबहारीक पक्षलाई विश्लेषण गर्दा घाट लाई त्यहाबाट पशुपती क्षेत्र एवम वाग्मती नदीको वाहव क्षेत्र पर्ने गरी अन्यत्रै व्याबस्थापन गर्नु उचीत देखिन्छ । 

हुनत नकारात्मक चिन्तन गर्नेहरुले  त यसलाई पनि  नागरीकको धार्मीक आस्थामा प्रहार हुन्छ भनेर विश्लेषण गर्लान । सो तर्फ बहस नगर्दा नै उपयुक्त होला । 

मन्दिरमा भजन कि राष्ट्रिय गान ? 

अबस्य पनि मन्दिरमा भजन नै गाईन्छ। यो बहस गरिरहनु पर्ने विषय होईन । यहाँ भजन बज्न बन्द गराएर चौबिसै घण्टा  राष्ट्रिय  गान बजाउन उर्दी जारि गरिए जसरी विषय बस्तुलाई बङ्गाउन खोजिएको छ । यसलाई सस्कृती माथीको हमलाको रुपमा व्याख्या गरिनु नकारात्मक चिन्तनको उपज हो। यसलाई सकारात्मक ढंगले लिऔ।यसले भजन कृतन, नित्य पुजामा रोक लगाएको पनि होईन। 

 अर्को कुरा यहाँ मन्दिरको मुल गर्भ गृहमै गएर राष्ट्रि गान बजाईएको जस्तो गरेर  प्रचार गरिएको छ। जहा दैनिक नित्य पुजा गरिन्छ। नित्य पुजाको विधि विधान, परम्परा ,शैली र आस्थामाथी आरती अघिको राष्ट्रिय गानले कुनै टच गरेको छैन। 

किनकि मन्दिरको पारीपट्टी हुदै आएको आरतीको परम्परा २०६४  पछि मात्र सुरु भएको हो।  त्यसकारण पशुपतिनाथ को मुख्य मन्दिर र बाग्मती किनारमा हुने आरतीलाई एकै ठाउमा जोडेर हेर्नु उपयुक्त हुदैन।बाग्मती किनारमा हुने आरती एक किसिमको धार्मिक तथा सांगीतीक उत्सव हो। जुन पृथक शैलीमा हुने भएकोले धेरैलाई आकर्षीत गर्ने गरेको छ। त्यही माहोललाई सदुपयोग गर्दै सो पवित्र समयमा राष्ट्रिय गान बजाएर राष्ट्रिय भावनाको जागृत गराउन गरिएको सानो  प्रयासलाई गोलमोटल तर्कले निरुत्साहीत पार्न खोजीनु दुखतः पक्ष हो।

मन्दिर परिसरमा राष्ट्रिय गान बज्दैमा भजन , आरती तथा अन्य पुजा परम्पराको विरुद्ध हुने सवाल हुदैन। भजन , आरती पुजा सबैबाट भगवानको स्तुती गर्दै आफ्नो मनोकाङक्षाहरु व्याक्त गरिने हो। भजनबाट पनि मानवकल्याण , राष्ट्र कल्याण र विश्वकल्याणको निम्ति नै भगवानको जय जयकार गर्ने गरिन्छ।  एउटा नागरीकको  लागि देश भनेको आमा सरह हुन्छ। आमा  भनेकी भगवान हुन। त्यसकारण राष्ट्रिय गान बज्दैमा भगवान ÷ अथभा ॐ कार सस्कृतीको अपमान हुने सवाल नै उठदैन्। त्यही पनि दिनमा १  मिनेट मात्रै राष्ट्रको संगित। त्यहा कुनै पार्टीको चुनावी गित पनि बज्ने होईन। मात्र हो त यहि धर्ती , यही माटो अनि राष्ट्रको गित । जसलाई हामिले भगवान समान मानेका छौ।

अन्त्यमा सकारात्मक र पवित्र भावले सुरुवात गरेको कुरालाई विभिन्न अनाबस्यक तर्कको खोला बगाएर भईरहेको विरोधले हामि कति नकारात्मक दिशातर्फ अघि बढ्दै गईरहेका छौ भन्ने कुरा प्रष्ट हुन्छ । हामिले सोचाई र चिन्तन स्तर परिवर्तन नगरेसम्म समृद्धिको यात्रा जटिल भईरहने निश्चित छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved