Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसीको साधारणसभामा शेयरधनीहरूको चर्को स्वर, आखिर किन ?

मिलन खड्का

मंगलबार, २४ भदौ २०७६, १६ : ५९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २० र २१  औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संचालक समितिको अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा भएको साधारणसभाले विशेष  र साधारण प्रस्तावहरु पारित गरेको छ ।

शेयरधनीको उल्लेखनिय उपस्थिति रहेको साधारणसभाले  आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पुँजीको १५.८९ प्रतिशत  र उक्त बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.८३ प्रतिशत  नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

 तर, समितिको संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना महिला सहित ३ जना गरी जम्मा ६ जना संचालकहरुको निर्वाचन गर्ने विशेष प्रस्तावमाथि कुनै कारवाहि हुन सकेन ।

संचालक समितिको निर्वाचन नगर्दा उपस्थित ​शेयरधनीहरूको चर्को स्वर उठाएका थिए।  अध्यक्ष  उपेन्द्र केशरी न्यौपानेले संचालक सहितिको निर्वाचन चाडै नै गर्ने सभामा जानकारी गराए। 

हेर्नुस भिडियो 

साधारण सभामा ५०० शेयरधनीहरूहरुलाई खानपिनको बेवास्ता मिलाएको तर सभामा १५०० भन्दा माथीको उपस्थित हुँदा खानाको कारण पनि केहि बेर चर्को हल्ला हल्ला भएको थियो।  

हेर्नुस भिडियो

साधारणससभालाई सम्बोधन गर्दै संचालक समितिका अध्यक्ष  उपेन्द्र केशरी न्यौपानेले  यो  आर्थिक वर्षमा पनि राम्रो प्रतिफल दिने बताए । ‘हामीले छिटो नै २२ औं साधारणसभा गर्ने तयारी गरेका छौं,आर्थिक वर्ष २०७५/७६ मा हामीले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने गरी कार्य भैरहेको छ। ’ अध्यक्ष न्यौपानेले साधारणसभामा सुनाए ।

हेर्नुस भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको