Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनी हकप्रद शेयर निश्कासनको माग गर्दै धितोपत्र बोर्डको ढोकामा

अर्थ संसार

बुधबार, २५ भदौ २०७६, १० : १३ मा प्रकाशित

दुई कम्पनी हकप्रद शेयर निश्कासनको माग गर्दै धितोपत्र बोर्डको ढोकामा

अर्थ संसार, काठमाडौं– नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासन गर्न अनुमति माग गर्ने कम्पनीहरूमा दुई कम्पनीहरू थपिएका छन् ।

हालै मात्र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासन गर्न बोर्डमा आवेदन दिएका छन् ।

प्रुडेन्सियल इन्स्योरेन्सले १० बराबर ६ अनुपातमा ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ भने गुराँसले १ बराबर १ अनुपातमा ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ ।

यी दुवै कम्पनीहरूको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । प्रुडेन्सियलले भदौ २० गते र गुराँसले भदौ २२ गते बोर्डमा आवेदन दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको