Like us!
Follow us!
Connect us!
Watch us!

खाना थोरै थोरै तर निरन्तर खाइरहनु पर्छ भन्ने डाक्टरहरुको खाना सम्बधि धारणा नेपालको लागि किन उपयुक्त छैन ? तथ्य र कारण सहित !!!

बुधबार, २५ भदौ २०७६, १५ : ५३ मा प्रकाशित

खाना थोरै थोरै तर निरन्तर खाइरहनु पर्छ भन्ने डाक्टरहरुको खाना सम्बधि धारणा नेपालको लागि किन उपयुक्त छैन ? तथ्य र कारण सहित !!!

हाम्रो शरिर सौर्य प्रणाली अनुरुप बिकसित भएको छ र सो अनुरुप संचालन हुने गर्छ । अझ अचम्म त हाम्रा शरीरका बिभिन्न अंगहरु सुर्यको अवस्थिति अनुसार कम वा बढी सक्रिय हुने गर्छन् ।

मानिसको मुटुको अन्य समय भन्दा राति २-३ बजे तिरको समयमा बढी सक्रिय हुने गर्छ र प्राय: त्यहि राति २-३ बजे तिरको समयमा मानिसहरु Heart Attack भएर मर्ने पनि गर्छन । हाम्रो पाचन प्रणाली सुर्य उदयको समय आसपासमा बढी सक्रिय हुने गर्छ र हामिलाई बिहानै बिहानै अन्य समयको तुलनामा मिठो भोक लाग्ने गर्छ ।

बिहान सुर्य उदयको आसपासमा पाचन प्रणाली सक्रिय भएको बेलामा मज्जा सग दवाएर नखाएर किन थोरै खाने त ? हाम्रो पाचन प्रणाली सुर्य उदयको सक्रियता सगै क्रमश: कम हुदै जान्छ। त्यसकारण नेपालको परिप्रेक्षमा बिहान बिहान मज्जा सग दवाएर खानु पर्छ , दिउसो बिहानको तुलानामा अलि कम खानु पर्छ र साझको खाना सामान्य एव थोरै भए पनि हुन्छ ।

खाना थोरै थोरै तर निरन्तर खाइरहनु पर्छ भन्ने डाक्टरहरुको खाना सम्बधि धारणा युरोप अमेरिका तिरको लागि भने उपयुक्त छ किनभने युरोप अमेरिका तिर धेरै समय सम्म सुर्य नै देखिदैन । जब सुर्यको उपस्थिति कम हुने गर्छ त्यस समयमा मानिसको पाचन प्रणाली पनि कम सक्रिय हुने गर्छ अत: फलस्वरूप एकैपटक धेरै खाना खायो भने पच्दैन अनि थोरै थोरै तर निरन्तर खाइरहनु पर्छ ।

अत: खाना थोरै थोरै तर निरन्तर खाइरहनु पर्छ डाक्टरहरुको खाना सम्बधि धारणा युरोप अमेरिका तिरबाट कपि गरिएको हो उनीहरुको लागि उपयुक्त छ तर हाम्रो नेपालको लागि उपयुक्त छैन ।

अझै यसमा रोचक रोचक पक्ष त : युरोप अमेरिका तिरका मान्छेहरु त कुर्ची जस्तो ट्य्वॆइलेटमा लामो समय बसेर पत्रिका पढ्ने गर्छन् त्यो के हो भने सुर्यको कम उपस्थितिको कारण पाचन प्रणाली कम सक्रिय हुने हुदा खुलेर दिशा हुदैन अनि लामो समय ट्य्वॆइलेटमा पत्रिका पढेर बिताउने गर्छन् ।

हाम्रो नेपालमा सुर्यको राम्रो उपस्थिति हुने हुदा हाम्रो पाचन प्रणाली उनीहरुको तुलनामा बढि सक्रिय हुने हुदा उनीहरु जस्तो लामो समय सम्म ट्य्वॆइलेटमा हामीहरुले बिताउनु नै पर्दैन। अत: अरुहरुको Copy त गरौ तर आफ्नो लागि त्यो उपयुक्त छ वा छैन त्यसको पनि ख्याल पनि गरौ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको