Like us!
Follow us!
Connect us!
Watch us!

म्याग्दीमा ५० वटा प्लास्टिकका पोखरी निर्माण

विहीबार, ०५ फागुन २०७३, १६ : २६ मा प्रकाशित

म्याग्दीमा ५० वटा प्लास्टिकका पोखरी निर्माण

बेनी (म्याग्दी)-  तरकारी तथा फलफूलका लागि जिल्लामा यस वर्ष ५० वटा प्लास्टिकका पोखरी निर्माण गरिने भएको छ । सुन्तलाजात फलफूल तथा तरकारीको उत्पादन वृद्धि गर्न र कृषकलाई व्यावसायिक रुपमा अगाडि बढाउने उद्देश्यसहित चालु आवको वार्षिक कार्यक्रमअनुसार पोखरी निर्माण गर्न लागिएको हो । 

साना सिँचाइ कार्यक्रमअन्तर्गत ४७ र सुन्तला बगैँचाका लागि ३ वटा पोखरी निर्माण गरिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । पाइप खरिद तथा कुलो निर्माण गरी कृषि क्षेत्रको विकास गर्न तथा किसानलाई राहत दिन जिल्ला कृषि विकास समितिको बैठकबाट प्लास्टिक पोखरी छनोट गरिएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले जानकारी दिनुभयो । 

म्याग्दी जिल्लामा सहजरुपमा सिँचाइको व्यवस्था सहज नभएकाले किसानको करेसाबारी, खेत तथा पाखो र बाँझो ठाउँको उपयोग गर्ने गरी लगाइएको तरकारी तथा फलफूलमा सिँचाइको लागि पानी सङ्कलन गर्न प्लास्टिक पोखरी निर्माण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । 

यसैबीच जिल्ला कृषि विकास कार्यालयले ७५ प्रतिशत अनुदानमा किसानलाई उन्नत जातको मकैको बीउ वितरण गरिरहेको जनाएको छ । प्रतिकिलो १२ रुपैयाँ ५० पैसाका दरले पहाडी क्षेत्रमा मकैको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यसहित मनकामना र अरुण जातको बीउ उपलब्ध गराइएको वरिष्ठ कृषि विकास अधिकृत रिजालको भनाइ छ । 

बीज वृद्धि कृषक समूह, सहकारी तथा कृषि फार्मलगायतका क्षेत्रबाट उन्नत जातको मकैको बीउ खरिद एवम् सङ्कलन गरी वितरण गरिएको हो । त्यस्तै भटमासको बीउ पनि ७५ प्रतिशत अनुदानमै किसानलाई वितरण गर्ने तयारी समेत गरिएको बताइएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको