Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चालक सूचना चुहाउदै : आफन्त नाफा पोको पार्दै

विहीबार, ०२ असोज २०७६, ०८ : ४२ मा प्रकाशित

सञ्चालक सूचना चुहाउदै : आफन्त नाफा पोको पार्दै

सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने काम बैंक र वित्तिय संस्थाका सञ्चालकहरुबाटै भएको छ । भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो ।नेपाली जनताले १/१ पैसा खाई नखाई जम्मा गरि स्थापना भएका बैंक र वित्तिय संस्थाका नालायक सञ्चालकहरुद्वारा नै बैंक र वित्तय क्षेत्रका लाभाशं र बोनस शेयरका सूचना दिने गर्दछन् भन्दा अचम्म लाग्ला । तर, यो पनि सत्य हो । एक बैंकका सञ्चालकले नाम नलेखिदिने शर्तमा भनेः– बोर्ड बैठकले निर्णय नगर्दै छलफल हुँदै गर्दा नै हाम्रा साथीहरुले लाभाशं र बोनस शेयरका सूचना बिक्री गर्ने गरेका छ । यसले बजार प्रभावित हुने र ठूला शेयरधनीले नाफा पोको पार्ने परम्परा बढेको छ नि ।

उनीकै शब्द सापटी लिने हो भनेः– नेपालका बैंक र वित्तिय क्षेत्रमा ठूलो बदमासी मात्रै छैन । सूचनाको भरमा अर्बै कमाउनेहरुको लुटनै छ । भन्न पछि पर्नु हुँदैन ।

यति सम्मकी बैंक र वित्तिय संस्थाका सञ्चालकहरुले बोर्ड बैठक समाप्त हुन नपाउँदै चुरोट खाने निउँमा वाहिर गई फोनबाट लाभाशं र बोनस शेयरका सूचना विक्री गर्ने गरेको देखिन्छ र आफन्तहरुलाई शेयर किनेर मंहगोमा बेच्न समेत आग्रह गरेको शेयर बजारका खेलाडीहरु नै बताउदछ् । बोनस शेयर र लाभाशंको बम्पर सूचना चुहावट पछि ती कम्पनीको शेयर मूल्य बढेर आकाश पातल छुने र मंहगोमा विक्री गरि नाफा पोको पार्नेहरुको दलाली हो । दोस्रो शेयर बजार भन्न पनि पछि पर्नुुहुँदैन । यति सम्मकी एक बैंकका सञ्चालकले भनेः–सञ्चालक समितिको बोर्ड बैठक नसकिदै वाथरुम जाने निउँमा समेत लाभाशंका सूचना चुहाउने हाम्रा साथीहरु छन् । यसले बजारमा अनावश्यक चलखेल मात्रै हुँदैन १ घण्टामा मान्छे करोडपतिबाट अर्बपति बन्न सक्दछ । यस्तो सम्वेदनशील कुराको हेक्का हुनु जरुरी छ कि छैन ?

बैंक तथा वित्तीय संस्थाले धमाधम गत वर्षको लाभांश घोषणा गरिरहेको अवस्था छ । यस्तो बेलामा बोनस शेयर र लाभांशको सूचना सञ्चालक समितिले बैठक भइरहेको समयमा नै बाहिर ल्याउन थालेपछि शेयर बजारमा सो कम्पनीको शेयर भाउ उकालो लागेको मात्रै छैन ठुलो मात्रामा चलखेल भएको भुत्त भोगीहरुको ठम्याई छ ।

शेयर धितो कर्जाको ब्याज अझै घट्ने संकेत देखिएको छैन । तरलतको अभाव हट्दै गएपछि कर्जाको ब्याजदर घटने र कम ब्याजदरमा बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउने आशामा रहेका लगानीकर्ता निराश बन्न थालेको अवस्था देखिन्छ ।

बजारमा लाभांशको सूचना चुहिएपछि बढी लाभांश दिने बैंक तथा वित्तीय संस्थाको शेयर भाउ बढाइन्छ । जब सार्वजनिक सूचना जारी गरेर यति वा उत्ति लाभांश वितरण गर्ने भयो भन्ने कुरा बजारमा आउँछ, त्यो आउनु अघि नै सूचना पाउने व्यक्तिले शेयर बिक्री गरेर नाफा पोको पार्न थाल्छन् । र, रातारात अर्बपति बन्ने गर्दछन् । जहाँ पनि लुट जेमा पनि लुट ?

यसरी सूचना चुहिने नौलो विषय भने होइन, पहिलेदेखि नै यसैगरी सूचना चुहिदै शेयरमा चलखेल भएको हो । सूचनाको भरमा बैंक सञ्चालकका आफन्तले नै यसको फाइदा उठाउँदै आएका प्रसस्त उदाहरण हामीसंग छन् । सर्वसाधारण मकैमा घुन पिसिएजस्तै पिसिँदै आएका छन् । नेप्से निरन्तर ओरालो लाग्दा पनि केही लगानीकर्ताले यसैगरी नाफा लिइरहेका छन् । बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिमा रहेका व्यक्ति नै शेयर कारोबारमा आबद्ध छन् र रातारात अर्बपति बन्दैछ । सूचनाकै भरमा ! तर निकम्बा नियामक निकायले यसमा सुक्ष्म निगरानी सम्म गर्ने आँट गदैन धिक्कार छ ।

अर्को महत्वपूर्ण पक्ष के छ भनेः– शेयर धितो कर्जाको ब्याज अझै घट्ने संकेत देखिएको छैन । तरलतको अभाव हट्दै गएपछि कर्जाको ब्याजदर घटने र कम ब्याजदरमा बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउने आशामा रहेका लगानीकर्ता निराश बन्न थालेको अवस्था देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाले लाभांशको सूचना प्रकाशित गर्न थालेपछि शेयर बजारमा चलहपहल बढी देखिए पनि लगानीकर्तामा ब्याजदर र गोप्य सूचना चुहावटको त्रास कायमै छ । यस्तो बेलामा पनि शेयर बजार बढन सकेको छैन् र बढ्ने संकेत पनि छैन । यो सूचना चुहावटको पछिल्लो उहादरण मान्न सकिनछ ।

बैंक र वित्तिय संस्थाको आफै सञ्चालक बन्ने आफै सूचना चुहाउने नालायक सञ्चालकहरुलाई निर्वाचनको बेला फर्जीमत लिनबाट रोक लगाउन जरुरी छ । १ हजार देखि १० हजारसम्म कित्ता शेयर भएकाहरुको नक्कली हस्ताक्षर गरी सञ्चालक बन्नेहरु माथी छानवीन किन नहुने कहाँ छ राष्ट्र बैंक ?

स्मरणीय होस् जनताको पैसा माथी बस्नेहरुलाई बोनस शेयर र लाभाशंको सूचना चुहाउने अधिकार छैन । यस्ता माथी तत्कालै कारवाही हुनु पर्दछ की पर्दैन, राज्य कहाँ छ ? सम्बन्धित निकाय के हेरि बसेको छ । सचते भया ।

लेखकः– नेपाल पत्रकार महासंघका लेखा समिति सदस्य हुनुहुन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको