अर्थ संसार, काठमाडौं– नागरिक लगानी कोषसले सोमबार राजधानीमा आफ्नो २४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले शेयरधनीलाई दिने २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि ) लगायतको प्रस्तावहरु पारित गरेको छ ।
तर, साधारणसभा शेयरधनीले चर्काे विराध गरेका थिए । शेयरधनीहरुले संचालक समितिको सदस्य चन्द्रसिंह साउदको अभिव्यक्तिबारे चर्काे टिप्पणी गरेका थिए ।
तर, संचालक सदस्य साउद भने वार्षिक साधारणसभामा उपस्थिति थिएनन् । संचालक सदस्य साउदले शेयर बजारमा कालो धन प्रवेश गरेको भन्ने अभिव्यक्तिमाथि शेयरधनी खरोरुप उत्रिएका थिए । साधारणसभा को शेयरधनीले के भने हेरौं भिडियोमा ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस