Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्ने होइन ? सनराइज फस्र्ट म्युचुअल फन्ड असोज ८ गतेदेखि

अर्थ संसार

विहीबार, ०२ असोज २०७६, ०७ : ३९ मा प्रकाशित

लगानी गर्ने होइन ? सनराइज फस्र्ट म्युचुअल फन्ड असोज ८ गतेदेखि

अर्थ संसार, काठमाडौं-सनराइज म्युचुअल फन्डले असोज ८ गतेदेखि सनराइज फस्र्ट म्युचुअल फन्ड निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

यस योजनाले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाइ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । निष्कासन बन्द छिटोमा असोज १२ गते हुनेछ भने ढिलोमा कात्तिक ७ गते हुनेछ ।

योजनाले १० करोड इकाइ बीज पुँजीबापत १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धकका लागि सुरक्षित गरी सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाइ निष्कासन गर्नेछ । यस योजनाको कोष प्रवद्र्धक सन्राइज बैंक रहेको छ ।

यस योजनाको अवधि १० वर्षको रहेको छ । लगानीकर्ताले न्यूनतम १ सय इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । यसको योजना व्यवस्थापक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको