Like us!
Follow us!
Connect us!
Watch us!

३ कम्पनीले गरे लाभांश घोषणा, बोनश शेयर र नगद कति -कति ?

अर्थ संसार

विहीबार, ०२ असोज २०७६, ०७ : ५७ मा प्रकाशित

३ कम्पनीले गरे लाभांश घोषणा, बोनश शेयर र नगद कति -कति  ?

अर्थ संसार, काठमाडौं- गत आर्थिक वर्षको मुनाफाबाट ३ कम्पनीले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा सिद्धार्थ बैंक लिमिटेड, सन्राइज  बैंक लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ ।

कुनको कति लाभांश ?

सिद्धार्थ बैंक

यस बैंकले गत आवको मुनाफाबाट २५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ ३० गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नागरिक लगानी कोषको साधारणसभा : चन्द्र सिंह साउद गयल हुँदा लगानीकर्ताको चरम आक्रोस (भिडियोसहित) 

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पुँजी ८अर्ब ८८ करोड ७६ लाख रहेको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी ९ अर्ब ७७ करोड ६३ लाख पुग्नेछ ।

सन्राइज बैंक

सन्राइज बैंकले १५.८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले कर प्रयोजनसहित ५.८ प्रतिशत नगद र १० प्रतिशत बोनस प्रस्ताव गरेको हो ।

अघिल्लो वर्ष नगद लाभांश मात्र घोषणा गरेको बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । सर्वाधिक कारोबार हुनेमा बैंक पाँचौँ स्थानमा छ । बैंकको लाभांश पारित भए चुक्ता पुँजी ८ अर्ब ९६ करोड पुग्नेछ ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड

यस संस्थाले गत आवको मुनाफाबाट १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ ३० गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पुँजी २० करोड ७४ लाख रहेको छ । बोनस शेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी २२ करोड ८१ लाख पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको