Like us!
Follow us!
Connect us!
Watch us!

रैराङ हाइड्रोका लगानीकर्तालाई खुसीको खबर , ९.९ मेगावाट विद्युत जोडियो केन्द्रीय प्रणालीमा

मिलन खड्का

शुक्रबार, ०३ असोज २०७६, १० : ०७ मा प्रकाशित

रैराङ हाइड्रोका लगानीकर्तालाई खुसीको खबर , ९.९ मेगावाट विद्युत जोडियो केन्द्रीय प्रणालीमा

अर्थ संसार, काठमाडौं- रैराङ हाइड्रो पावरले निर्माण गरेको इवा खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई  केन्द्रीय प्रणालीमा  जोडन सफल भएको छ ।  इवाखोला  ९.९ मेगावाटको परियोजना हो।  

नागरिक लगानी कोषको साधारणसभा : चन्द्र सिंह साउद गयल हुँदा लगानीकर्ताको चरम आक्रोस (भिडियोसहित) 

१३२ केभी काबेली कोरिडोर प्रसारण लाइन पूरा भएपछि आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन सुरु गरिएको हो।  यो आयोजनाबाट उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनसम्म पुर्याइने छ । अमरपुर सवस्टेशनवाट राष्ट्रिय ग्रीड प्रणालीमा विद्युत समाहित हुनेछ ।

परियोजना २०७३ कात्तिकबाट निर्माण सुरु भएको थियो। एक वर्षअघि नै विद्युत उत्पादन गर्ने तालिका भए पनि प्रसारण लाइन तयार नहुँदा आयोजनाको अवधि लम्बिँदै गएको कम्पनीले बताउदै आएको थियो।  इवा खोला आयोजनाको वाँध क्षेत्र इवासिवा दोभान भन्दा तल रहेको छ । विद्युतगृह इवा कावेली दोभानको वाँयापट्टि दाहाल गाँउमा छ । आयोजनाले इवाखोलाबाट अधिकतम १२.३ क्युविक मिटर प्रति सेकेन्ड पानी उपयोग गरी ९.९ मेगावाट क्षमताको विद्युतशक्ति उत्पादन गर्नेछ ।

आयोजनामा पानी फर्काउनको लागि वाँध, इन्टेक, वालुवा थिगार्ने पोखरी (डिसेन्डर वेसिन), २.९ किमी लामो फलामे हेडरेस पाइप, सर्ज टैंक, १५० मिटर लामो पेनेस्टक पाइप, विद्युत गृह, स्वीचयार्ड, ३३ के.भि. प्रसारण लाइन जस्ता संरचनाहरु रहेका छन्।  

यस आयोजनामा रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको २५ प्रतिशत, स्थानीय प्रभावितको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र वाँकी ५० प्रतिशत सञ्चालक तथा संस्थापक शेयर धनीहरुको लगानी रहेको छ। 

यो आयोजनाको कुल लगानी मध्ये ३५ प्रतिशत स्वःलगानी तथा ६५ प्रतिशत वैंकको ऋण रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको