Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक र नारायणी बयोधा अस्पतालबीच सम्झौता, ग्राहकलाई यस्तो सेवा

अर्थ संसार

विहीबार, ०२ असोज २०७६, १८ : ०५ मा प्रकाशित

ग्लोबल आइएमई बैंक र नारायणी बयोधा अस्पतालबीच सम्झौता, ग्राहकलाई यस्तो सेवा

अर्थ संसार, काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेड र नारायणी बयोधा अस्पताल प्रा.लि.बीच अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवातथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकको वीरगञ्ज शाखा प्रमुख राकेश ज्ञवाली र नारायणी बयोधा अस्पताल प्रा.लि.को तर्फबाट अस्पतालका मानव संशाधन प्रबन्धक अशु शर्माले हस्ताक्षर गर्नुभएको छ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्नसंघ/संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ।

उक्त सम्झौता पश्चात नारायणी बयोधा, वीरगञ्जमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट (Debit),क्रेडिट (Credit),प्रिभिलेज (Privilege)  कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदानगर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ । बैंकले १४५ वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८८शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय (अष्ट्रेलिया, बेलायत र भारत) मार्फत आफ्ना ११लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको