Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारको उकालो यात्रामा ब्रेक

अर्थ संसार

विहीबार, ०२ असोज २०७६, १८ : २८ मा प्रकाशित

शेयर बजारको उकालो यात्रामा ब्रेक

अर्थ संसार, काठमाडौं– मङ्गलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १८ दशमलव १२ अङ्कले घटेर एक हजार १५५ दशमलव ३० मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ४९ अङ्कले घटेर २५२ दशमलव २१ मा झरेको छ । स्टकका अनुसार आज कूल १६६ कम्पनीको १२ लाख २४ हजार ५७२ कित्ता शेयर रु ३९ करोड ९९ लाख ३० हजार ८७१ मा खरीद बिक्री भयो ।

कारोवार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको मात्र शेयर बढेको छ । व्यापार २ दशमलव ३७ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य दुईले बढ्दा बैंकिङ १४ दशमलव ७९, होटल ४८ दशमलव ९३, विकास बैंक ११ दशमलव ७८, जलविद्युत् १३ दशमलव २२, वित्त शून्य दशमलव ६९, निर्जीवन बीमा १०५ दशमलव ३२, उत्पादन ४४ दशमलव १२, अन्य १८ दशमलव २४, लघुवित्त १२ दशमलव ५६, जीवन बीमा १०५ दशमलव ६ अङ्कले घटेकोे छ ।

कारोवार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु पाँच करोड २४ लाख ६२ हजार ५७१ मा खरीद बिक्री भयो । त्यस्तै प्रभू बैंक रु दुई करोड ६७ लाख १५ हजार ७१७, सिद्धार्थ बैंक रु एक करोड ८१ लाख ८० हजार ३८५, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था रु एक करोड ७३ लाख ९८ हजार ९४६, नेपाल बैङ्क रु एक करोड ६५ लाख ६० हजार २०४ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रु एक करोड ५२ लाख ७४ हजार ६३६ मा खरीद बिक्री भए ।

परिसूचक घटे पनि समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाए । त्यस्तै एक्सेल डेभलपमेन्ट बैंक ७ दशमलव २२, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ७६, आँखुखोला जलविद्युत् कम्पनी ५ दशमलव ३६, नवील इक्विटी फण्ड ३ दशमलव ८० र मन्जुश्री फाइनान्सका शेयरधनीले ३ दशमलव २३ प्रतिशतले कमाए ।

गुराँस लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले ८ दशमलव ४६ प्रतिशतले गुमाउँदा स्पर्स लघुवित्त वित्तीय संस्था ८ दशमलव १३, नेपाल इन्स्योरेन्स कम्पनी ७ दशमलव २१, सूर्यलाइफ इन्स्योरेन्स कम्पनी ६ दशमलव १० र अरुण काबेली पावर लिमिटेडका शेयरधनीले ५ दशमलव ६७ प्रतिशतले गुमाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको