Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले असोज २४ गते बोलायो साधारणसभा, शेयरधनीलाई लाभांश कति ? (सूचनासहित)

अर्थ संसार

शुक्रबार, ०३ असोज २०७६, १२ : २२ मा प्रकाशित

माछापुच्छ्रे बैंकले असोज २४ गते बोलायो साधारणसभा, शेयरधनीलाई लाभांश कति ? (सूचनासहित)

अर्थ संसार, काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले असोज २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

होटल पोखरा गांण्ड, पार्दि पोखरामा हुने  साधारणसभामा बैंकल गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांशसहित १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी  साधारण सभाबाट अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्ने प्रस्ताव पनि जैजाने भएको छ ।

असोज २४ मा हुने साधारण सभाको लागि असोज १० देखि २४ गतेसम्म बुक क्लोज हुने भएको छ ।

बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ छ। बोनस शेयर पछि चुक्ता पूँजी ८ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ। गत आर्थिक वर्षमा बैंकले एक अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको थियो। बोनस शेयर र नगद लाभांस सहित जम्मा एक अर्ब २८ करोड रुपैयाँ वितरण गर्नेछ।

सूचना

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको