Like us!
Follow us!
Connect us!
Watch us!

संविधान दिवसको उपलक्ष्यमा पशुपतिमा राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजा

dibesh

शुक्रबार, ०३ असोज २०७६, १५ : १८ मा प्रकाशित

संविधान दिवसको उपलक्ष्यमा पशुपतिमा राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजा

अर्थ संसार, काठमाडौ – संविधान दिवसको उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा राष्ट्र कल्याणको सङ्कल्पले पञ्चामृत स्नानसहितको विशेष पूजा गरिएको छ । सरकारले संविधान एवं राष्ट्रिय दिवस विविध कार्यक्रम आयोजना गरी मनाउन निर्देश गरेपछि बिहानै राष्ट्रदेवका रुपमा पुजिने पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।
 
    यस अवसरमा कोषले बिहीबार बेलुकी पशुपति मन्दिर परिसरमा भक्ति सङ्गीत कार्यक्रम आयोजना गर्नुका साथै दीपावली समेत गरेको थियो । कार्यक्रममा कोषका सदस्य–सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापालगायत कर्मचारी सहभागी हुनुभएको थियो । यस अवसरमा शुक्रबार र शनिबार पनि पशुपति क्षेत्रमा दीपावली गरिने जनाइएको छ । ––– रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको