Like us!
Follow us!
Connect us!
Watch us!

संविधान दिवसको अवसरमा ग्लोबलआइएमई बैंकको वृक्षारोपण कार्यक्रम

शुक्रबार, ०३ असोज २०७६, १८ : ३० मा प्रकाशित

संविधान दिवसको अवसरमा ग्लोबलआइएमई बैंकको वृक्षारोपण कार्यक्रम

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौंको पानीपोखरी देखि महाराजगंजसम्मको सडक पेटिका विभिन्न स्थानमा करिब २०० रुखका विरुवा रोपेको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्वर  ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, सहायक महाप्रबन्धकहरु सुरेन्द्र रेग्मी र आरती राज्यलक्ष्मी राणालगायत पदाधिकारी, बैंकका अन्य कर्मचारी र स्थानीय वासीको सहभागिता रहेको थियो ।

साथै बैंकले संविधान दिवसकै अवसरमा आयोजित र्यालीमा पनि सहभागिता जनाएको छ । र्यालीमा बैंकको कर्पोेरेट कार्यालय देखिसुरु भई टुँडिखेलमा नेपाल सरकारद्वारा आयोजित भव्य कार्यक्रममा पुगेर विर्सजन भएको थियो । यससगैं बैंकका मुख्य शाखाहरुमा दीपावली पनि गरिएको छ ।

यसका साथै बैंकका उपत्यका बाहिर रहेका शाखाहरुले पनि संविधान दिवसको अवसरमा वृक्षारोपण, वित्तीय साक्षारता तथा दीपावलीका कार्यक्रमहरु आयोजना गरेका छन् ।

5d84ca47b79ea.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको