Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटीमण्डपमा जारी स्टकक्लियरेन्स मेलामाकिनमेल गर्नेको घुँइचो (फोटोफिचर)

शुक्रबार, ०३ असोज २०७६, १८ : ३५ मा प्रकाशित

भृकुटीमण्डपमा जारी स्टकक्लियरेन्स मेलामाकिनमेल गर्नेको घुँइचो (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा असोज १ गतेदेखि संचालनमा आएको स्टक क्लियरेन्स मेलामा किनमेल गर्ने ग्राहकको उल्लेख्य घुइँचो लागेको छ ।

इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भइरहेको स्टक क्लियरेन्स मेलाको तेस्रो दिनसम्म ५२ हजार बढी अवलोकनकर्ताले सहभागिता जनाईसकेका छन् । आयोजकका अनुसार असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा परेकाले यस दिनमामात्र झण्डै २७हजार अवलोकनकर्ता मेलामा पुगेका छन् ।

अघिल्लो दुई दिनमा २५ हजार बढी अवालोकनकर्ता मेला हेर्न र किनमेलका लागि भृकुटीमण्डप पुगेको इभेण्ट सोलुसन प्रालिका बजार निर्देशकनविन भट्टले जानकारी दिए । इभेण्ट सोलुसनले वर्षेनी आयोजना गर्दै आएको मेलाले आम उपभोक्तालाई सस्तो मूल्यमा एकै छाना मुनिहरेक प्रकारका सामान किन्ने अवसर प्रदान गर्दै आएको छ ।

चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो । ‘दशैंको बेला सस्तो मेला’भन्ने नाराका साथ संचालित स्टक क्लियरेन्स मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत सञ्चालन गरिएको छ ।

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको छ ।

‘अफरै अफरको ब्यापारिक मेलाशपिगं गर्ने यहिहो बेलाभन्ने अर्को नारासहित सञ्चालन भैरहेकोे मेलामा बजारको तुलनामा सस्तोमा सामानखरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन् ।

दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु प्रदान गरिएको छ ।

मेलामा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको सहभागिता छ । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलकाजुत्तातथाचप्पलहरुको पनि बिक्री मेला लागेको छ । नेपाल चेम्बर अफकमर्शले प्रवद्धन गरेको एक्स्पो आगामी आइतबारसम्म चल्नेछ ।

5d84d9f28ccff.jpg 5d84d9f30999f.jpg 5d84d9f4273d4.jpg 5d84d9f489c8a.jpg 5d84d9f4ec643.jpg 5d84d9f68887b.jpg 5d84d9f6904c5.jpg 5d84d9f797d05.jpg 5d84d9f89263e.jpg 5d84d9fa6348e.jpg 5d84d9fb414b7.jpg 5d84d9fc14413.jpg 5d84d9fc20bed.jpg 5d84d9fd21391.jpg 5d84d9fea0948.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको