Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीको दुई शव्दले शेयर बजारमा १ अर्ब ८९ कराडको कारोबार

अर्थ संसार

शनिबार, ०४ असोज २०७६, १६ : ११ मा प्रकाशित

अर्थमन्त्रीको दुई शव्दले शेयर बजारमा १ अर्ब ८९ कराडको कारोबार

अर्थ संसार, काठमाडौं - धितोपत्र बजारमा यस साता कारोवार उतार चढावपूर्ण अवस्थामा रह्यो । साताको शुरुका दुई दिन र अन्तिम दिन दोहोरो अङ्कले घटेको बजार कारोवार मापक नेप्से झण्डै एक हजारको विन्दुमा पुग्न लागेको थियो ।

तर अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारी सञ्चयकोषको ५८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शेयर बजारमा लगानी गर्ने उपयुक्त समय आएको प्रतिक्रिया दिनु भएपछि नेप्से मङ्गलबार र बुधबार भने नयाँ विन्दुमा पुग्यो ।

 साताभर कूल १७२ कम्पनीको कारोवार भयो । साताको तेस्रो दिन मङ्गलबार र चौथो दिन बुधबार बजारमा उछाल नै देखाप¥यो । सातारभर ६५ लाख ८६ हजार ८०४ कित्ता शेयर रु एक अर्ब ८९ करोड २७ लाख ४० हजार २७६ मा कारोवार भयो । साताभरको कारोवारमा नेप्से परिसूचक ०।२२ प्रतिशतले घटेको छ । यस साता कारोवार मापक सूचक एक हजार १५५।३ अङ्कमा झरेको छ । अघिल्लो साता नेप्से ७९ प्रतिशतले घटेको थियो ।

 साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७।८७ विन्दुले घटेर एक हजार १४०।०१ विन्दुमा पुग्यो । त्यस दिन कूल १६२ कम्पनीको शेयर रु २८ करोड ८० लाख ९९ हजार ९१२ बराबरको कारोवार भयो ।

 आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार पनि सोही लय पहिल्यायो ।  सो दिन नेप्से १६।१८ विन्दु अर्थात् १।४२ प्रतिशतले घटेर एक हजार १२३।८३ विन्दुमा पुग्यो । नेप्से दोहोरो अङ्कले घटे पनि आइतबारको तुलनामा कारोवार रकम भने बढ्यो । कूल १६९ कम्पनीको १२ लाख ४८ हजार ४०९ कित्ता शेयर रु ३४ करोड ३९ लाख १८ हजार २२१ मूल्यमा खरीद बिक्री भए ।

 नेप्से परिसूचक २६।९१ विन्दुले बढेर एक हजार १५०।७४ मा पुगेर रोकियो । प्रतिशतका आधारमा नेप्से २।३९ प्रतिशतले वृद्धि भयो । कूल १७१ कम्पनीको १३ लाख ७७ हजार ९४६ कित्ता शेयर रु ३८ करोड ३९ लाख ५७ हजार ४२६ मा खरीदबिक्री भए । बुधबार पनि नेप्से परिसूचक २२।६३ अङ्कले बढेर एक हजार १७३।४२ मा पुग्यो । कूल १७१ कम्पनीका १६ लाख ४५ हजार ८७७ कित्ता शेयर रु ४७ करोड ६८ लाख ३३ हजार ८४७ मा खरीद बिक्री भयो ।

 मङ्गलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार भने दोहोरो अङ्कले ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक १८ दशमलव १२ अङ्कले घटेर एक हजार १५५ दशमलव ३० मा पुग्यो । कूल १६६ कम्पनीको १२ लाख २४ हजार ५७२ कित्ता शेयर रु ३९ करोड ९९ लाख ३० हजार ८७१ मा खरीद बिक्री भए ।

 यस साता शिवम् सिमेन्टको सबैभन्दा बढी कारोवार भयो । सो कम्पनीको रु १५ करोड बराबरको शेयर कारोवार भयो । यस साता बजार पूँजीकरण रु १४ खर्ब ६७ अर्बमा सीमित भयो । बजार पूँजीकरणमा सधै शीर्ष स्थानमा रहँदै आएको नेपाल टेलिकमले यस साता पनि आफ्नै हिस्सा कायम राख्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको